रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौँ अधिवेशन फेब्रुअरी १५ मा हुने

कोरियाअपडेट

भावना कार्की 

सौल/ दक्षिण कोरिया ।

 

दक्षिण कोरियामा क्रियाशील रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौँ अधिवेशन सन् २०२६ फेब्रुअरी १५ (आइतबार) का दिन आयोजना हुने भएको छ। अधिवेशन बिहान ११:०० बजे देखि दोङ्देमुनस्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा सञ्चालन हुने समितिले जनाएको छ।

समितिले दक्षिण कोरियामा रहेका सम्पूर्ण रामेछापवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। अधिवेशनले संगठनलाई थप सुदृढ बनाउने, आपसी एकता मजबुत पार्ने तथा आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

प्रवासनमा रहेका रामेछापवासीहरू एक ढिक्का भई जिल्लाको सामाजिक, सांस्कृतिक तथा विकासात्मक गतिविधिमा योगदान पुर्‍याउने उद्देश्यका साथ अधिवेशन आयोजना गर्न लागिएको समितिले जनाएको छ।

समितिका अनुसार अधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ नेतृत्व चयन र भावी कार्यक्रमबारे छलफल गरिनेछ। त्यसैले दक्षिण कोरियामा रहेका सम्पूर्ण रामेछापवासीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।