वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान 

आर्थिक समाचार स्वास्थ्य/शिक्षा

काठमाडौँ, ७ माघ / राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् ।

रक्तदानसँगै निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित स्वास्थ्य शिविरमा २५० जना कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ ।

विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ ।