काठमाडौँ / नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काउन्सेलर (श्रम) पदका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले नेपाली राजदूतावास, अबुधाबी, संयुक्त अरब इमिरेट्समा रिक्त रहेको काउन्सेलर (श्रम) पदमा नियुक्तिका लागि योग्य उपसचिव उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।
मन्त्रालयका अनुसार “काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी मापदण्ड, २०६९” अनुसार प्रक्रिया अघि बढाइनेछ। तोकिएको योग्यता पुगेका इच्छुक कर्मचारीहरूले आवश्यक कागजातसहित २०८२ साल माघ १९ गतेभित्र आवेदन दिन सक्नेछन्।
आवेदन कार्यालय समयभित्र पेश गर्नुपर्ने जनाइएको छ। साथै, आवेदन फाराम र विस्तृत जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आधिकारिक वेबसाइट www.moless.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।
हालै युएईबाट श्रम काउन्सिलर दिपेन्द्र पौडेललाई फिर्ता गरेपछि सो ठाउँमा आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ ।


