दिपेन्द्र प्रकाश ओलि
24 जनवरी
राप्तीबासि दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था राप्ती समाज, दक्षिण कोरियाको आयोजनामा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ। कोरियन नयाँ वर्ष (सलनाल) तथा महाशिवरात्रिको अवसर पारेर संस्थाको कोष वृद्धि र खेलकुद कोष स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार कार्यक्रम फेब्रुअरी १५, २०२६ (आइतबार) साँझ ७:०० बजे सियोलस्थित (서울시 종로구 종로63-8 )종각 역 एक्जिट नं. ३ नजिक आयोजना हुनेछ।
कार्यक्रममा नेपाली कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहनेछ। गायिका बिपना अधिकारी, यादु चौधरी पुन, अनुज पाण्डे, अनुज अधिकारी, अनिता विश्वकर्मा लगायत कलाकारहरूले गीत–संगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै राष्ट्रिय लोक तथा दोहोरी गीत, प्रतिष्ठान कोरिया शाखाको लाइभ म्युजिक, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरूका साथै साबिक राप्तीका जिल्लाहरुमा नाचिने झाप्रे नाच पनि समावेश गरिने आयोजकले जनाएको छ।
सांस्कृतिक कार्यक्रमसँगै सहभागीहरूका लागि १५ प्रकारका स्वादिष्ट परिकार निःशुल्क रूपमा उपलब्ध गराइनेछ। कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास रहेको संस्थाका निबर्तमान अध्यक्ष तथा सल्लाहकार अमृत के.सि.ले जानकारी दिनुभएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि यस संस्थाका अध्यक्ष किशन ओली (010-6386-8061), लगाएत डिबि मगर (010-6826-1834), अर्जुन के.सी. (010-9216-5223) तथा प्रकाश चन्द घर्ति (010-5163-8834) लाई सम्पर्क गर्न सकिनेछ।

