भावना कार्की
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियामा क्रियाशील नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको आयोजनामा आदिवासी समुदायको पर्व, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–2026 आयोजना हुने भएको छ।
‘पर्व, संस्कृति, पहिचान एकताको आधार, चिन्ने र चिनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त कार्यक्रम आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत कोरियामा रहेका विभिन्न आदिवासी जनजातिहरूबीच आपसी एकता, सांस्कृतिक पहिचान र पारस्परिक चिनजानलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रम २०२६ फेब्रुअरी १ तारिख (2026/02/01) का दिन सेमावल हलको पाँचौं तल्ला, दोङ्देमुन मा आयोजना हुनेछ। कार्यक्रम मध्याह्न १२:०० बजेदेखि सुरु हुने जानकारी दिइएको छ।
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले उक्त कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी वा सम्पर्कका लागि 010-9005-3786 नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
कार्यक्रमले कोरियामा रहेका नेपाली आदिवासी जनजातिहरूको संस्कृति, पर्व र पहिचानलाई चिनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

