भावना कार्की
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियामा क्रियाशील स्याङ्जा समाज थेगु शाखाको आयोजनामा “अनाथ बालबालिका सहयोगार्थ” विशेष सांगीतिक कार्यक्रम ‘स्याङ्जा थेगु सांगीतिक धमाका–२०२६’ आयोजना हुने भएको छ। कोरियन नयाँ वर्ष सलनालको शुभ अवसर पारेर कार्यक्रम भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य अनाथ बालबालिकालाई सहयोग पुर्याउनु रहेको छ। सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको स्याङ्जा समाज थेगु शाखाले जनाएको छ।
यस अवसरमा दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। आयोजकका अनुसार कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

