दक्षिण कोरियामा नेपाल भलिबल संघको चौथो अधिवेशन सम्पन्न, विरेन्द्र राहुं मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कोरियाअपडेट

रमेश सिवाकोटी 

सुवन, दक्षिण कोरिया | २०२६/०१/२५

दक्षिण कोरियाको सुवनस्थित भेटघाट सभा हलमा आज नेपाल भलिबल संघ, दक्षिण कोरियाको चौथो अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट श्री विरेन्द्र राहुं मगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

नव-निर्वाचित कार्यसमितिमा अर्जुन थापा मगर वरिष्ठ उपाध्यक्ष, नवीन कंडेल उपाध्यक्ष, खिम खत्री सचिव चयन भएका छन्। साथै सदस्यहरूमा सोम छन्त्याल, सायल लिम्बु, ईलक दगामी मगर, नारायण पौडेल, भरत कुमार सारु, बल बहादुर थापा मगर, सन्तोष थापा र जितेन्द्र श्रेष्ठ रहेका छन्। अन्य पदहरूमा महासचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा एक उपाध्यक्षको नाम अधिवेशनबाट पछि टुंगो लगाइने जनाइएको छ।

अधिवेशनमा उपस्थित प्रतिनिधिहरूले नव-निर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। संघले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच भलिबल खेलको प्रवर्द्धन, प्रतिभा पहिचान र नियमित प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा संगठन सुदृढीकरण, खेलाडी विकास र अन्तरसमुदायिक सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।