ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको चौंथो अधिवेशन फेब्रुअरी १ मा हुने

कोरियाअपडेट

भावना कार्की 
सौल/ दक्षिण कोरिया

दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था ह्वासङ नेपाली परिवारले आफ्नो चौंथो अधिवेशन आगामी फेब्रुअरी १ तारिख आइतबारका दिन आयोजना गर्ने भएको छ। ‘प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो’ भन्ने मूल नाराका साथ सन् २०१९ मा स्थापना भएको यस संस्थाले कोरियामा रहेका नेपाली र कोरियन समुदायबीच सेतुको काम गर्दै आएको छ।

विगत ७ वर्षदेखि विभिन्न सामाजिक, सांस्कृतिक र परोपकारी गतिविधिमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्थाले नयाँ कार्यसमिति चयन र आगामी कार्यदिशा तय गर्नका लागि यो अधिवेशन आह्वान गरेको हो।

कार्यक्रमको विवरण:

• मिति: २०२६ फेब्रुअरी १, आइतबार

• समय: बिहान ११:०० बजे

• स्थान: सरो सेन्टरको हल, फारान (경기도 화성시 향남읍 3.1만세로 1113, 지하1층)

आयोजक संस्थाले कोरियामा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

प्रवासमा रहेका नेपालीहरूबीच एकता सुदृढ बनाउन र समुदायको हितका लागि साझा एजेन्डामा छलफल गर्न यो अधिवेशन महत्त्वपूर्ण रहने आयोजकले विश्वास लिएको छ।