सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औँ कार्यसमिति गठन; अध्यक्षमा ओमबहादुर साउद चयन

कोरियाअपडेट

रमेश सिवाकोटी

सौल/ दक्षिण कोरिया ।

सुदूरपश्चिम समाज दक्षिण कोरियाको संरक्षक समितिको बैठकले संस्थाको अवरुद्ध १९ औँ कार्यसमिति गठन प्रक्रियालाई पूर्णता दिएको छ। आज (२९ जनवरी, २०२६) सार्वजनिक गरिएको निर्णय अनुसार समाजको नयाँ नेतृत्व चयन गरिएको हो।

यसअघि १८ जनवरीमा आयोजित १९ औँ साधारण सभा तथा अधिवेशनको बन्द सत्रमा निर्वाचन समितिले नामावली घोषणा गर्ने क्रममा विवाद उत्पन्न भएपछि प्रक्रिया अवरुद्ध भएको थियो। उक्त गतिरोधलाई अन्त्य गर्न संरक्षक समितिका प्रमुख संरक्षक डा. अग्निराज कोइरालाको अध्यक्षतामा बसेको अनलाइन बैठकले संस्थाको विधानको धारा २७ को उपधारा (४) बमोजिम नयाँ कार्यसमिति घोषणा गरेको हो।

१९ औँ साधारण सभाबाट चयन भएको नयाँ कार्यसमिति निम्नानुसार रहेको छः
पदाधिकारीहरू
१. अध्यक्ष – ओम बहादुर साउद
२. वरिष्ठ उपाध्यक्ष – टंकेश्वर खडका
३. उपाध्यक्ष – कमल बिष्ट
४. उपाध्यक्ष – लक्ष्मण साउद
५. महासचिव – भोज चन्द
६. सचिव (महिलातर्फ) – सन्ध्या दुलाल शर्मा
७. सचिव – गणेशराज जोशी
८. सचिव – ललित लोथ्याल
९. कोषाध्यक्ष – टेकबहादुर थापा (भोटे)
१०. सह–कोषाध्यक्ष – रविन नाथ
जिल्ला संयोजकहरू
११. योगेन्द्र बम – बाजुरा
१२. डि.बी. भट्ट – दार्चुला
१३. सुशील साउद – अछाम
१४. गौरव रावल – कैलाली
१५. हर्क बहादुर मल्ल – डडेलधुरा
१६. रमेश भण्डारी – डोटी
१७. (बझाङ)
१८. कैलाश जोशी – बैतडी
१९. नवीन भट्ट – कञ्चनपुर
सदस्यहरू
२०. योगेश बोहरा
२१. महेश बोहरा
२२. लक्ष्मण साउद
२३. रमेश अधिकारी

विधान संशोधनको तयारी

समाजको आकार बढ्दै गएको र नेतृत्वका लागि योग्य आकांक्षीहरूको संख्या धेरै भएकाले भविष्यमा साधारण सभाबाट कार्यसमिति चयन गर्दा हुने जटिलता र ढिलाइ हटाउन संस्थाको विधान एवं निर्वाचन नियमावली संशोधन गर्ने निर्णय समेत गरिएको छ।

प्रमुख संरक्षक डा. कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संस्थालाई विभिन्न कालखण्डमा योगदान पुर्‍याउने सल्लाहकार, निवर्तमान पदाधिकारी र सदस्यहरूलाई धन्यवाद दिइएको छ। साथै, नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिलाई पनि आभार व्यक्त गर्दै सम्पूर्ण सदस्यहरूलाई संस्थाको हितमा एकजुट हुन अनुरोध गरिएको छ।