इरान नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल इरान छोड्न परराष्ट्रको आग्रह

वैदेशिक रोजगार समाचार

काठमाडौं । इरानमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई तत्कालका लागि इरान भ्रमण स्थगित गर्न कडा सुझाव दिएको छ।

परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै अवस्था सामान्य नभएसम्म इरान नजान आग्रह गरेको हो। साथै, हाल इरानमा बसोबास गरिरहेका वा कामका सिलसिलामा रहेका नेपाली नागरिकहरूलाई पनि उपलब्ध कुनै पनि माध्यम प्रयोग गरी यथाशीघ्र इरान छोड्न आग्रह गरिएको छ।

कागजात तयारी अवस्थामा राख्न निर्देशन मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई आपतकालीन अवस्थामा निस्कन सहज होस् भन्ने उद्देश्यले आफ्नो राहदानी (Passport), परिचयपत्र लगायतका आवश्यक ट्राभल डकुमेन्टहरू तयारी अवस्थामा राख्न समेत सचेत गराएको छ। मन्त्रालयले यसअघि २०२६ जनवरी १३ मा जारी गरेको ट्राभल एड्भाइजरीलाई पनि स्मरण गराएको छ।

सम्पर्कका लागि उद्धार तथा समन्वयका लागि परराष्ट्र मन्त्रालय वा दोहास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिनेछ। सम्पर्क विवरण निम्न अनुसार छन्:

परराष्ट्र मन्त्रालय, काठमाडौं:

फोन: +९७७-०१-४२००१८२-८५, ९८६२६७८४३७

इमेल: waa@mofa.gov.np / informationofficer@mofa.gov.np

नेपाली राजदूतावास, दोहा:

फोन: +९७४-६६२१ ४४१९

इमेल: eondoha@mofa.gov.np