बुसान र जेजुमा नेपाली इन्डियन स्वादको उत्कृष्ट रेष्टुरेन्ट : ‘नमस्ते’ र ‘रोयल इन्डिया’

कोरियाअपडेट

रवि पराजुली

सौल/दक्षिण कोरिया ।

नेपाली र इन्डियन परिकारको अनुपम स्वाद, आत्मीय आतिथ्य र अन्तर्राष्ट्रियस्तरको सेवाका कारण दक्षिण कोरियाको प्रमुख पर्यटकीय नगरी बुसानमा सञ्चालित ‘नमस्ते’ (Namaste)  रेष्टुरेन्टले फेरि एकपटक विश्वव्यापी मान्यता हासिल गरेको छ। विश्वकै सबैभन्दा विश्वासिलो यात्रा तथा रेस्टुरेन्ट समीक्षा प्लेटफर्म Tripadvisor ले प्रदान गर्ने Travellers’ Choice Award यो रेस्टुरेन्टहरूले २०२१, २०२२ र पुनः २०२५ मा जित्न सफल भएका छन्। यो अवार्ड विश्वभरका लाखौँ ग्राहकहरूको समीक्षा, सन्तुष्टि र निरन्तर उत्कृष्ट सेवाको आधारमा प्रदान गरिन्छ।

नारायण शर्माले बुसानमा र रमणीय जेजु टापुमा र ‘रोयल इन्डिया’ (Royal India)  र नमस्ते रेष्टुरेन्ट बढो कुशलताका साथ सन्चालन गरिरहेका छन् ।

व्यवसायी नारायण शर्माको कुशल नेतृत्वमा सञ्चालित यी रेस्टुरेन्टहरू नेपाली पहिचान र एसियाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका हुन् ।

स्वाद र संस्कृतिको सुन्दर संगम

बुसानको विश्वप्रसिद्ध हेउन्दे (Haeundae) बीच नजिकै अवस्थित ‘नमस्ते’ रेस्टुरेन्टमा पाइने मौलिक तन्दुरी चिकेन, लाम्ब विन्डालु, चिकेन टिक्का मसालाचिज नान ले कोरियन नागरिक मात्र होइन, विश्वभरबाट आउने पर्यटकहरूको स्वाद जित्न सफल भएका छन्।

शाखा विस्तारसँगै बढ्दो लोकप्रियता

ग्राहकको बढ्दो विश्वास र अन्तर्राष्ट्रिय पहिचानसँगै बुसानकै व्यस्त व्यापारिक केन्द्र समिओन (Seomyeon) तथा कोरियाको ‘स्वर्ग’ मानिने जेजु टापु मा समेत ‘रोयल इन्डिया’ का शाखाहरू सफलतापूर्वक सञ्चालनमा छन्।

यी रेस्टुरेन्टहरू लोकप्रिय हुनुका मुख्य कारणहरू यस्ता छन्–

अथेन्टिक मसलाको प्रयोग: नेपाल र भारतबाट आयातित अर्गानिक मसलाको प्रयोग

समावेशी मेनु: शाकाहारी, मासाहारी र मुस्लिम समुदायका लागि हलाल परिकार

नेपाली मौलिकता: दक्ष नेपाली सेफद्वारा तयार पारिने घरजस्तो स्वाद

अन्तर्राष्ट्रिय गुणस्तर: उच्च सरसफाइ, आकर्षक सजावट र बहुभाषिक सेवा

नेपाली समुदायको गर्व

दक्षिण कोरियामा रहेका हजारौँ नेपालीहरूका लागि यी रेस्टुरेन्ट केवल खाना खाने ठाउँ मात्र नभई नेपालीपन महसुस गर्ने सांस्कृतिक थलो का रूपमा स्थापित भएका छन्। समुन्द्रको शीतल हावा, नेपाली आतिथ्य र अन्तर्राष्ट्रिय अवार्डले सम्मानित स्वादका कारण ‘नमस्ते’ र ‘रोयल इन्डिया’ अहिले कोरिया भ्रमणमा जाने नेपालीहरूका लागि ‘मस्ट–भिजिट’ गन्तव्य बनेका छन्।

रेस्टुरेन्टका ठेगाना

Namaste – Haeundae

7, Haeundaehaebyeon-ro 265beon-gil, Busan

📞 051-746-1946

Royal India – Haeundae

287 Haeundaehaebyeon-ro, Busan

📞 051-731-1946

Royal India – Seomyeon

672 Jungang-daero, Samjeong Tower 6F, Busan

📞 051-802-1946

Royal India – Jeju

2F, 6 Seogwang-ro 32-gil, Jeju

📞 064-723-1946