एघारौँ नारदमुनि फुटबलको उपाधि सहलेस फुबटल क्लब सिरहालाई

खेलकुद समाचार

उदयपुर (गाईघाट), २२ माघः चौदण्डीगढी नगरपालिका–४ बसाहा सञ्चालन भएको २००७ सालका प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको ११औँ स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधि सहलेस फुटबल क्लब सिरहाले जितेको छ ।

आज भएको फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहाले द योङ ब्रदर्श इटहरीलाई ५–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । सिरहाकोतर्फबाट विदेशी खेलाडी अब्दुलले दुई गोल र अनील चामलिङ राईले दुई गोल तथा अनील मगरले एक गोल गरे ।

यस्तै, योङ ब्रदर्शस् इटहरीकोतर्फबाट विदेशी खेलाडी फोफोले दुई गोल गरेका थिए । जितसँगै सिरहाले ट्रफीसहित नगद रु पाँच लाख हात पारेको छ । यस्तै, दोस्रो हुने द योङ ब्रदर्शस् इटहरीले रु तीन लाख नगद प्राप्त गरेको प्रतियोगिता संयोजक दिनेश राईले बताए ।
विजेतालाई चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरे । यही माघ १६ गतेदेखि सञ्चालन भएको ११औँ नारद स्मृति फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।