काठमाडौं २३ । सानबी खतिवडा, पदम गुरुङ र कमला दाहाल, रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको अभिनय रहेको चलचित्र ‘जाँड’ फागुण १५ बाट सिनेमा घरमा लाग्ने भइको छ ।
सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठ÷राजु शाह र राजेन्द्र भट्टको रहेको छ । चलचित्रको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह हुनुहुन्छ ।
जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोरी र समाजले हेर्ने दृष्टिको कस्तो रहन्छ भन्ने विषयवस्तु चलचित्रमा उठाइएको निर्देशक राजु शाहले बताउनुभयो ।
यस्तै निर्माता सुनिलले चलचित्रले वंश धान्न समाजमा छोरा नै चाहिन्छ भन्ने सोचलाई उजागर गर्दै समाजमा जकडिएर रहको कुसंस्कारका विरुद्ध आवाज उठाएको बताउनुभएको छ ।

