रमेश सिवाकोटी
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था रामेछाप सम्पर्क समिति, दक्षिण कोरिया ले आफ्नो पाँचौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। अधिवेशन आगामी २०२६ फेब्रुअरी १५ तारिख (आइतबार) का दिन भव्य रूपमा आयोजना गरिनेछ।
समितिका अनुसार अधिवेशन बिहान ठीक ११ बजे बाट सुरु हुने छ। कार्यक्रम दर्शन नमस्तेको सभा हल (चौथो तल्ला), दोङ्देमुन गेट नं. ३ नजिक आयोजना हुने तय गरिएको छ।
दक्षिण कोरियामा रहेका रामेछाप जिल्लाका व्यवसायी, पत्रकार, विद्यार्थी, सामाजिक अभियन्ता तथा सम्पूर्ण रामेछापवासी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। अधिवेशनमार्फत संस्थाको हालसम्मको गतिविधिको समीक्षा, भावी कार्यदिशा तय गर्नुका साथै नयाँ कार्यसमिति चयन गरिने समितिले जनाएको छ।
अधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड भइसकेको समितिले जानकारी दिएको छ। कार्यक्रमस्थल, व्यवस्थापन, अतिथि स्वागत तथा सुरक्षा व्यवस्थासमेत सुनिश्चित भइसकेको बताइएको छ।
समितिले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण रामेछापवासीलाई अधिवेशनमा उपस्थित भई संस्थागत एकता, सहकार्य र विकासका लागि योगदान गर्न हार्दिक अनुरोध गरेको छ।
अधिवेशनसम्बन्धी थप जानकारीका लागि 010-5941-9619, 010-9848-3052 तथा 010-8389-8618 नम्बरमा सम्पर्क गर्न सकिनेछ।

