भावना कार्की
सौल/ दक्षिण कोरिया ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरिया शाखाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिशाल श्रेष्ठ, उपाध्यक्षमा विमल सिं दोङ, सचिवमा अमिर योञ्जन, सह-सचिवमा विक्रम बज्यू र कोषाध्यक्षमा गेल्छीरि शेर्पा निर्वाचित हुनुभएको छ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा रोशन राई, अर्जुन तुम्बापो, अर्जुन माङफाङ, दिलीप बान्तवा, केशर राना मगर, छोदेन योञ्जन, श्रवण श्रेष्ठ, शन्त लाल घिसिङ र भुवन मोक्तान चयन हुनुभएको छ।
कोरियामा रहेका आदिवासी जनजाति पत्रकारहरूको साझा संस्था फोनिजले आगामी कार्यकालमा प्रवासमा रहेर नेपाली पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउने लक्ष्य राखेको छ। नवनिर्वाचित अध्यक्ष खजुमले संस्थाको गरिमालाई उच्च राख्दै सम्पूर्ण सदस्यहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कामदार दैनिक परिवार नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
(फोटो साभारः बिशाल श्रेष्ठ)

