बिष्णु गुरुङ
गिम्हे / दक्षिण कोरिया ।
जीकेएस कोरिया (GKS Korea) को आयोजनामा दक्षिण कोरियाको बुसान सहरमा ‘दोस्रो बुद्धिचाल प्रतियोगिता’ आयोजना हुने भएको छ। ‘तपाईंको सफलता हाम्रो प्राथमिकता’ भन्ने नाराका साथ संस्थाले आगामी १२ अप्रिल, २०२६ मा यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो।
प्रतियोगिता बुसानस्थित ‘राजपुत रेस्टुरेन्ट’को सभा हल (दोस्रो तल्ला) मा आयोजना हुने पोस्टरमा उल्लेख छ। बुद्धिचाल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतिस्पर्धामा प्रथम हुनेले १५ लाख कोरियन वन (KRW) सहित ट्रफी प्राप्त गर्नेछन्।
त्यस्तै, दोस्रो हुने खेलाडीलाई ८ लाख वन र ट्रफी तथा तेस्रो स्थान हासिल गर्नेलाई ३ लाख वन र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले आगामी ८ फेब्रुअरीदेखि ८ मार्च, २०२६ सम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
सहभागी हुनका लागि ६० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। आयोजकका अनुसार सहभागीहरूका लागि एकपटकको खाजाको समेत व्यवस्था गरिएको छ।
दर्ता प्रक्रिया र थप जानकारीका लागि आयोजकले सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ। जसमा जीकेएस कोरिया गिम्हे (०५५ ३२४ ९०८०), जीकेएस कोरिया गाजे (०५५ ६८७ ९०८०), र अन्य सम्पर्क व्यक्तिहरू प्रशान्त राज बानियाँ, संगीत अधिकारी र रामेश्वर दाहाल रहेका छन्।

