काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उकालो यात्रा कायमै छ । आज बुधबार पनि सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो। आज भने ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

