चिरञ्जीवीको शिव ताण्डव सार्वजनिक

मनोरन्जन समाचार

काठमाडौं २९ माघ । शिवरात्री पर्व नजिकिदै गर्दा गायक चिरञ्जीवी भण्डारीको स्वर र संगीतमा शिव भजन ‘शिव ताण्डव’ सार्वजनिक भएको छ । शिव भजन, जय जय शिव शंकरम् भोले नाथ, शिवरात्री, बारेमा चर्चा गरिएको उक्त शिव भजन भण्डारीले आफ्नै युटुव च्यानल चिरञ्जीवी भण्डारीबाट सार्वजनिक गरेका हुन् ।
शब्द शंकरदेव कँडेल, संगीत संयोजक सुरेश सेन्चुरी, रेकर्डिट कृष्ण केआर महर्जन, सिनेम्याटोग्राफर केशव विश्वकर्मा, सम्पादन कल्पेश विश्वकर्माको रहेको छ भने पोस्ट प्रोडक्शन दर्शित म्युजिक एण्ड मिडिया प्रालिले गरेको छ ।