काठमाडौं, २५ कार्तिक । नेकपा (माले), नेपालीकांग्रेस (वी.पी.) , नेपाल समाजवादीकांग्रेस, जन समाजवादी पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनताको प्रजातान्त्रीक पार्टी सम्मिलितसंयूक्त राष्ट्रिय आन्दोलनलेलिपुलेक, कालापानीलगायतभारतसँगको सीमाविवादहलगर्नको लागि सरकारले गम्भिर पहलगर्नुपर्ने बताएको छ । ६ पार्टीले एक स्वरमामुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाकालागि दृढतापूर्वक उभिई सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न सबै दलहरुलार्ई साथलिई तत्काल यो समस्याको समाधानगर्न सरकारसँग जोडदार आग्रह गरेका छन् ।
उनीहरुले भारतले जारी गरेको नक्सामालिम्पियाधुरा, कालापानी र लिपुलेक सम्मको समग्र कालापानी क्षेत्रमा पर्ने नेपालको भू–भागलाई भारतमागाभीआफूहरुको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि ठाडो अतिक्रमण गरेको पनि टिप्पणी गरेका छन् । संयूक्त राष्ट्रिय आन्दोलनले सोमबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डता रक्षागर्नु प्रत्येक देशकानागरिक र सरकारको अहम् कर्तव्य भएको उल्लेख गर्दै भनेको छ,‘हामीभारत सरकारको यस्तो रवैयाको तिव्र विरोध गर्दछौ र यसलाई तत्काल सच्चाई असल छिमेकीको कर्तव्य पुरा गर्न जोडदार मागगर्दछौ ।’
६ वटै पार्टीकाअध्यक्षहरुको नाममा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा थपभनिएको छ,‘हामीभारत सरकारलाई यो पनि स्मरण गराउन चाहान्छौ । नेपाल परापूर्वकालदेखी सदा सर्वदा स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा रहदै आएको छ । कसैको अधिनस्थता र साम्राज्यलाई स्वीकार गरेको छैन र गर्ने पनि छैन । साथै छिमेकीलगायतअन्यमुलुकको स्वाधिनता र अखण्डतालाई सधै हार्दिकतापूर्वक सम्मानगर्दै आएको छ र गरिरहनेछ । यो हाम्रो गौरवपूर्ण अतितलाई हामीवर्तमान र भविष्यबनाउन सम्पूर्ण नेपालीजनता संकल्पबद्घ छौं । यसकालागि जस्तोसुकै कठिनाई व्यहोर्न तयार छौं भन्ने कुराको ज्वलन्तउदाहरण केहीवर्ष अगाडि भारतले लगाएको अघोषित नाकाबन्दीमा नेपालीजनताले देखाएको एकता, दृढता र सहनशिलतालाई भविष्यमाविश्व गुरु बन्ने सपनाबोकेको भारत सरकारले स्मरण गर्दा उसको विवेक र चेतको क्षितिज फराकिलो होलाभन्ने हामी स्मरण गराउन चाहान्छौ ।’
संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपीशर्मा ओलीले भर्खरै आह्वानगरेर सम्पन्न सर्वपक्षीय बैठकको भने समर्थन गरेको छ । विज्ञप्तीमा थपभनिएको छ,‘ढिलै भएपनियहीकात्र्तिक २३ गते संसदमा रहेकादलहरु समेतको सर्वपक्षिय बैठकले भारतद्घारा गरिएको नेपालीभुमी अतिक्रमणको विरोध गर्ने साथै कुटनैतिक र राजनैतिक माध्यमबाट तीनलाई फिर्तालिने अभुतपूर्व सहमति र एकताप्रदर्शन गरेका छन् जस्लाई हामी दृढ सर्मथनगर्दछौ । यीनको कार्यान्वयनगर्ने जिम्मेवारी वर्तमान सरकारको हो तर नेपाल सरकारले विगतकालदेखि प्रदर्शित गर्दै आएको ढुलमुले निती र व्यवहारप्रतिगम्भीर आपत्ति र विरोध जनाउदै संयूक्त राष्ट्रिय आन्दोलनमा संगठित हामीदलहरु सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न दृढतापूर्वक निरन्तर रुपमाआन्दोलित भैरहने प्रतिवद्घताव्यक्तगर्दछौ । साथै आफ्नो मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाकालागि दृढतापूर्वक उभिई सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न सबै दलहरुलार्ई साथलिई तत्काल यो समस्याको समाधानगर्न सरकारसँग जोडदार आग्रहगर्दछौ।’
कार्यक्रममाबोल्दै नेपाल कम्युनिष्ट पार्टी (माले) कामहासचिवतथापूर्व उपप्रधानमन्त्री सि.पि. मैनालीलेभारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाआउँदा नेपालीभूमीलिपुलेक,कालापानी र लिम्पियाधुराकाबारेमा बैठक बस्ने भनेतापनिआजसम्म बैठक बस्न नसकेकोमागुनासो पोखे ।
उनले नेपालको ७१ वटा सीमामा अतिक्रमण भएको र ३७१ क्षेत्रफलमा रहेको नेपालीभूमीभारतले कब्जा गरेको दाबी गरे । उनले भने,‘नेपालको आफ्नो जग्गासंरक्षणका लागिहामी सरकारको साथमाछौँ । अहिले भारतको नक्सामा कैद भएकातीभूभाग नेपालको हो ।’ उनलेभारतले कब्जा गरेको जमिनलाई फिर्ता गर्न सरकारसँग आग्रहगर्नुका साथै सामाजिकन्यायकाआधारमा सामाजिकपूँजीलाई संरक्षण गर्न देशभक्तहरुलाई आग्रह गरे।
त्यस्तै, नेपालीकाग्रेस (वी.पी.) का सभापति हरिबोल भट्टराईले देशभक्त र राष्ट्रभक्त एक हुनुपर्नेमाजोड दिएका छन् । उनले वर्तमान सरकारको लापरबाहीकाकारण भारतले नेपालको जमिनकब्जा गरेको गम्भिर आरोप लगाए । साथै, सत्तारुढ दलका नेताहरुले जातीयता, क्षेत्रीयताजस्ता कुराहरु उठाएर देशलाई बर्बाद बनाएको पनिउनको गम्भिर टिप्पणी छ । उनले भने,‘यो नालायक सत्ताजहिलेसम्म रहन्छ तबसम्म देश डुब्ने खतरा छ ।’ भट्टराईले नेपालको जमिनफिर्ता गर्नकालागिआफूहरु आन्दोलनमाउत्रिएको र आफूहरुलाई ‘सत्तानभएर देशचाहिएको’ कुरा स्पष्ट पारे ।
उनले थपे,‘नेताहरुको नियतनै खोटी भएको र नेपाललाई कसरी हड्प्ने भन्ने छिमेकीको कुनियतपूर्ण गठबन्धनमा लागेका छन् हाम्रा नेताहरु । राणा शासनकालमा नेपालको जमिन संरक्षण थियो । तर, अहिले क्रान्तिकारी भनाउँदा नेताहरुले आन्तरीक र बाह्य रुपमा देशलाइृ तहसनहस पारे ।’ भट्टराईले मुलुकलाई आर्थिक–सामाजिक रुपले सुदृढ पार्नकालागिआफूहरुको आन्दोलनजारी रहेको बताए । स्वस्थ राजनीति र सुशासनले देशलाई सुदृढ पार्ने विपीको विचारमाआफ्नो पार्टी पूर्ण कट्टीबद्ध रहेको पनिउनले विश्वास दिलाए ।
त्यस्तै, जनसमाजवादी पार्टीकाअध्यक्ष सुवासराजकाफ्लेले नेपालमाथिलागेको चोट सम्पूर्ण छोराछोरी मिलेर ठीक पानुपर्ने बताए । छिमेकीले नाङ्गो व्यवहार देखाउँदापनि सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । उनले भने,‘वर्तमानसरकारलेक्यालेण्डर र रोडम्यापबिना कामगरिरहेको हुँदा छिमेकीले आँखा गाढेकोहो, भारतलेविश्वसामु नेपालीजमिनलाई आफ्नो हो भनीचिनाएको छ । भारतले नेपालसँग रावणको व्यवहार गरेको छ ।’
उनले नेपालविस्तारवादीहरुसँग लड्न सधैं तयार भएको र पूर्खाहरुको देनलाई जोगाउन सदैब लागिपर्ने बताए । ‘सरकार चुनाव रोकेर भएपनिजमिनफिर्ता गर्छु भन्छ । तर,कतै आफ्नो सत्तालम्ब्याउने हिसाबले भनेको त हैन’उनले प्रश्न गरे । उनले सरकारलाई नेपालको जमिनफिर्ता ल्याउननसके सत्ता छोड्न चेतावनीपनिदिएका छन् । काफ्लेले भारतद्वारा कब्जागरिएको जमिनमा कडा सुरक्षाव्यवस्थागर्न पनि सरकारसँग माग गरेका छन् ।
उक्तकार्यक्रममा नेपाल सर्वाहारा कम्युनिष्ट पार्टी (माओवादी) काअध्यक्षभावनाबिद्रोहीले सरकारले ज्यादती, लज्जास्पद, हस्तक्षेप, मिचाहव्यवहार गरेको हुँदाआफूहरु आन्दोलनमाउत्रिनु परेको बताइन् ।
त्यस्तै, उनले भारतले नेपालमाराजनीतिक हस्तक्षेप,बलात्कार, चोरी–डकैतीजस्ता घट्नाहरु घटाइरहेको पनिआरोप लगाईन् । उनले सबैभन्दापहिले भारतको इशारामाचल्ने सत्तारुढ दलका नेताको ढोकाढोकामाजाने चेतावनीदिईन् । त्यस्तै, उनले नेपालस्थित्भारतीयदुतावास घेर्ने र अन्तिममाविस्तारवादसँग लड्ने आफूहरुको कार्यक्रम रहेको उद्धघोष गरिन् ।
जनताको प्रजातान्त्रिक पार्टीकाअध्यक्षधनश्याम भण्डारीले कुटनीतिक रुपमाभारतले कब्जा गरेको नेपालको जग्गाफिर्ता गर्ने बताए । नेपालमाअथाहविकासका सम्भाव्यताहरुलाई छिमेकीले गिद्धेनजर लगाएको उनको आरोप छ । छिमेकीमुलुकमात्रनभएर विश्वले नै नेपाललाई गिद्धे नजरले हेर्ने गरेको हुँदा नेपालीहरु चनाखो हुनुपर्नेमाउनले जोड दिए ।
नेताहरुले देशलाई नस्ट बनाउँदै लगेकोमाउनले दुःखपोखे । उनले भने,‘तर, हाम्रा नेताहरुले जनतालाई झुठा भाषण र आश्वासनदिएर आफूहरुआलिसानमहलबनाउने कामगरिरहेका छन् ।’
नेपाल समाजवादीकांग्रेसकाअध्यक्षगोविन्दनिरौलालेभारतले नेपालको सार्वभौमिकता र स्वाधिनतामाथिधावाबोलेको बताए । ‘सत्तामा बस्ने शासकहरु सिंगापुरमाक्याविनेट बस्छन् के कारणले’–उनको प्रश्नथियो । ‘किलिपुलेक, लिम्पियाधुरा,कालापानीलाई भारतमागाभ्न बसेको थियो ?’–उनले फेरी भने ।
सानो देश भएको कारण आफूहरुलाई छिमेकीले नहेपोस् भन्ने उनको अभिव्यक्तिथियो । उनले भने,‘फेरी हामीले मिसाइलबनाएर छिमेकीमुलुकसँग युद्ध गर्न बाध्यनपारोस् ।’निरौलाले नक्सा सच्याउनभारतलाई नेपाल सरकारलेजोड दिर्नुपर्ने बताए । उनले भने,‘लिपुलेक, लिम्पियाधुरा,कालापानी नेपालकै हो ।’ साम्यवादीशासक बसेको ठाउँमा राजा पृथ्वीनारायण शाहले उक्तजमिनभारतलाई दिएको हो भने प्रमाण पेश गर्न पनिउनले चूनौतिदिए । उनले वर्तमानशासनको अन्त्य र नयाँशासनको सुरुवातगर्नुपर्ने धारणा राखे ।
