मेडिकल शिक्षाका नीति नियमनमा समस्या

राजनीति स्वास्थ्य/शिक्षा

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले मेडिकल शिक्षालाई सुधार गर्न सरकार, विश्वविद्यालय र मेडिकल कलेजबीच समन्वय आवश्यक रहेको बताउनुभयो । ‘गोरखापत्र संवाद’मा आइतबार उपकुलपति डा. बाँस्कोटाले मेडिकल शिक्षामा भएका नीतिनियम र नियमनमा समस्या रहेको भन्दै ऐन, नियममा शुल्क तोक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
मेडिकल कलेजलाई सिट दिने, नदिने विषयमा अख्तियारको हस्तक्षेप व्यहोर्नुपरेको स्मरण गर्दै उहाँले अख्तियार, अदालतजस्ता संवैधानिक वैधानिक निकायको हस्तक्षेप भएको बताउनुभयो।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले मेडिकल शिक्षालाई गुणस्तरीय बनाउन काम सुरु गरिसकेको भन्दै आयोग नयाँ भएकाले एकैचोटि सबै काम सम्भव नहुने बताउनुभयो।
काठमाडौँ मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. चन्दा कार्कीले सरकारका कतिपय कार्यले मेडिकल कलेजलाई अन्योल सिर्जना गरेको बताउनुभयो।