पत्रकारिताको भावना र मान्यतामा ठेस पुग्ने र अंकुशलाग्ने कानुनन बनाउन आग्रह

मुख्य समाचार राजनीति

काठमाडौं, ५ मंसिर । मिडिया काउन्सिल विधयेकबारे सांसदहरुले रिपोर्टर्स क्लब नेपालसँग सुझाव संकलन गरेका छन् । बिहिबार क्लबको भृकुटीमण्डपस्थित् कार्यालयमा आएर सांसदहरुले सुझाव संकलन गरेकाहुन् ।
नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकमा सुझावदिदै रिपोर्टर्स क्लब नेपालका सभापतिऋषिधमलाले विधयेकले पत्रकारको हकहितलाई अझबलियो बनाउनुपर्ने बताए । विधयेकका नाममा पत्रकारको कलमलाई कुण्ठित पार्ने र समाचार लेखेको भरमादुःखदिने परिस्थिति आउने बुँदा अस्वीकार्य हुने बताए । विधयेक संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले भने, रिपोर्टर्स क्लब नेपालमा पत्रकारको हकहितको सुनिश्चितता सहितको विधयेकको पक्षमा छ ।
नेपालपत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले विधयेक ल्याउँदा पत्रकारिताको विकास र पत्रकारको हितलाई केन्द्रमा राखिनुपर्ने बताए । उनले मिडियालाई अंकुश लगाउने प्रकारको गतिविधि कहीं कतैबाट हुननहुने बताए ।
रिपोर्टर्स क्लब नेपालका वरिष्ठ उपाध्यक्ष डिल्ली बसेलले राज्यले कानुन बनाउन कार्यान्वयन हुन सक्ने गरी बनाउनु पर्नेमा जोड दिए । आमसञ्चार र पत्रकारिता क्षेत्रको व्यवस्थापन र नियमन स्वीकार्य भए पनि अंकुशल गाउने गतिविधि मान्य नहुने स्पष्ट पारे ।
कार्यक्रममा क्लबका सदस्य तथा पत्रकारहरुले विधयेकबारे सुझाव दिदै पत्रकार र पत्रकारिताको पुर्नपरिभाषित आवश्यक रहेको बताए । पत्रकारिताका नाममा विकृती र विसंगति बढाउनेहरुले प्रश्रय पाउन नहुने र पत्रकारको हकअधिकार सुरक्षा पनि गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विधयेक समितिको तर्फबाट सुझाव उपसमितिका संयोजक सांसद ठगेन्द्रप्रसाद पुरीले विधयेकबारे सुझाव संकलन गरी आमसञ्चार र पत्रकारिताका क्षेत्रको हितलाई दृष्टिगत गरी विधयेक तयार पारिने जानकारी दिए । उनले पत्रकारहरुबाट नै सुझावलिएर विधयेकलाई अन्तिम रुप दिइने बताए ।
सांसद हरिशरण शिवाकोटीले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेकाले पत्रकारहरुको भावना समेटेर विधयेकले अन्तिम रुप पाउने बताए । पत्रकारहरुलाई पत्रकारिता क्षेत्रको नियमन आफै गर्ने गरी विधयेक बन्न लागेको जानकारी दिए ।
सांसद वृशेषचन्द्रलालले विधयेक परिष्कृत र प्रभावकारी बन्ने बताए । देशमा निष्पक्ष र निर्भिक पत्रकारिताको सुनिश्चिततालाई ध्यानमा राखेर विधयेक तयार हुने जानकारी गराए ।