काठमाडौँ, ६ मंसिर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर्तमान सरकार असफल भएको पुष्टि भएको बताउनुभयो ।
केपी ओली शर्माले असफल मन्त्री भन्दै मन्त्री हेरफेर गर्नुभएकाले यो कुराको पुष्टि भएको काँग्रेस प्रवक्ता शर्माको भनाइ थियो । उहाँले सरकारको कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै घोषणापत्र सार्वजनिक गरेको भन्दै उपनिर्वाचन सरकारको कामकाजको मूल्याङ्कन गर्ने अवसर भएको बताउनुभयो । उहाँले सुनसरीको धरानमा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काँग्रेस तर्फका उम्मेदवार तिलक राइलाई मतदान गर्नका लागि आग्रह गर्नुभयो ।
