नेपाली नृत्याङ्गना सिता सुबेदी कोरियाका कार्यक्रममा ब्यस्त

कोरियाअपडेट

सौल, दक्षिण कोरिया

आजको समयम पनि आफ्नो नृत्य पेशालाई नै अध्यायनको
पाटो बनाएर अगाडी बढिरहेकी नेपाली शास्त्रीय एक खुट्टा नृत्याङना हाल कोरियामा रहेकी छिन ।


उनले भर्खरै मात्र २५ देशका सहभागीहरुलाई बिचमा यहि १४ नोवेम्बर बाट १७ नोवेम्बर २०१९ सम्म दक्षिण कोरियामा आयोजित “वन वोर्ल्ड वन फमिल्री कल्चरल फेस्टिभल २०१९” कार्यक्रममा नेपालको तर्फबाट सहभागी भै तीन दिन सम्म आफ्नो भिन्न भिन्न बेजोड प्रस्तुती दिएकी थिइन । पहिलो दिन झ्याउरे नृत्य प्रस्तुती दिएकी सीताले, दोश्रो दिन आफ्नो अध्ययनको पाटोको रुपमा रहेको शास्त्रीय बिधाको नृत्य साम्दोङ इन्टर्नेश्नल युनिभर्सिटिमा प्रस्तुत गरेकी थिइन्। साथै अन्तिम दिन लग्भग १२०० जना उपस्थित वन बुद्दिज्मको हल्मा आफ्नो प्रस्तुती दिएकी थिइन। नेपालको तर्फबाट गायनमा राष्ट्रीय गीत आजय अधिकारी शुशिल ले प्रस्तुत गरेका थिए ।

कला क्षेत्रलाई नै आफ्नो कर्म थलो मान्ने सीता आफ्ना प्रस्तुती भिन्न तरिकाले र समाज मा उर्जा होस भन्ने हिसाबले पस्किन चाहन्छिन ।उनले पछिल्लो समय बाग्लुङ जिल्ला, रौतहट जिल्ला गएर नृत्य प्रस्तुत गर्नुका साथै निर्णायक जस्तो जिम्मेवार पदमा समेत रहेर काम गरिसकेकी छिन्।