सहभागिताका लागि आग्रह

राजनीति

अबोध र बेसहारा बाछाबाछीको संरक्षणका लागि स्वयंसेवी अभियानको आगामी मंशिर १४ गते शनिबार २०० दिन पुरा हुँदैछ । यस अवधिमा झण्डै १५० भन्दा ज्यादा छाडा बाछाबाछी र गाईहरुले नयाँ जीबन पाएका छन । यस अवधिमा ती छाडा बाछाबाछीका लागि नित्य आहार र उनीहरुका लागि आश्रय स्थलको ब्यवस्था गर्दै उपचार समेत हुँदै आएको छ ।
दैनिक हरेक बिहान खाद्यान्न सहित पानी खुवाउने र साँझ खाद्यान्नको ब्यवस्था मिलाउँदै छाडा छाडिएका चौपायाहरुमा ‘मेरा पनि कोही छन’ भन्ने भावना पैदागर्न सकिएको अनुभव हामीसंग छ ।
१. वाग्मती सफाई अभियानका क्रममा बितेका ६ बर्षमा १४०० भन्दा ज्यादा बाछाबाछीको मलामी बन्नु परेको अनुभवमाझ उनीहरुका लागि आश्रय र खानपीनको ब्यवस्था पश्चात उनीहरुको मृत्युदरमा निकै कमि आएको छ ।
२. यत्रतत्र दुर्घटनामा मारिदै आएका र खान नपाएर जीर्णभई हिडन नसकेर बस्नु परेको बाध्यता अब उनीहरुमा रहेन । दुर्घटनामा मर्ने क्रममा अत्यन्तै न्यूनता आएको छ भने खान नपाएर अब बाछाबाछी मर्ने छैनन् भन्ने बिश्वास पलाएको छ ।
३. कुकुरले टोकेर वा पानी पिउन नपाएर मर्ने क्रम अब रोकिएको छ । चिसो या तातोका कारण रोगी बन्नुपर्ने बाध्यता उनीहरुमा छैन ।
४. सामान्य घाउचोट या बाहिर देखिने रोगबाट अब ती अबोध बाछाबाछीले मर्नुपर्ने अवस्था रहेन । उपचार र खानाको कमिमे उत्पन्न हुने रोगहरुबाट उनीहरु सुरक्षित भएका छन ।
५. राष्ट्रिय जनावरमाथीको यो अन्यायले हाम्रो राष्ट्रियता, स्वाभिमान र आत्मसम्मानमा आँच आएको अवस्थामा अब कसैलेपनि शिर निहुराउनु पर्ने अवस्थाबाट मुक्ति पाउने छन । यसप्रति सबैले स्वामित्व ग्रहण गर्नसक्ने अवस्था सिर्जना भएको छ ।
६. एकै दिनमा १८ वटा बाछाबाछीको मलामी बन्नु परेको यथार्तता र उनीहरुलाई सामूहिक चिहान बनाएर गाडनु परेको कटु सत्यता अब दोहोरिने छैन भन्ने बिश्वास पलाएको छ ।
७. दैनिक कलिला बाछाबाछीहरु बेपत्ता हुने र उनीहरुको टाउको या भुँडीमात्र फेला पर्दैगर्दा मान्छेले नै मासुका लागि ती अबोध बाछाबाछीको हत्या गरेको हुनसक्ने अनेकौं प्रमाण हामीमाझ छन । यीनको संरक्षणले अब उनीहरु अबैध रुपमा मारिने छैनन् भन्ने बिश्वास पलाएको छ ।
८. नयाँ पुस्तालाई प्राणीको महत्व र गाईबाछाप्रतिको मोह बढाउन उनीहरुका लागि अध्ययन स्थलका रुपमा बिस्तार गर्न मद्दत पुगेको छ । यसबाट प्राणीप्रतिको मोह पैदागर्दै मानवीय भावनाको बिकासमा महत्व पुगेको हाम्रो बिश्वास छ ।
९. अर्गानिक खेतीका लागि मलको ब्यवस्था, फोहोरमैला ब्यवस्थापनमा सघाउ पुर्याउन खेर गएका खाद्यान्नको उपयोगमा गाईबाछा संरक्षणले आफ्नै स्तरको टेवा पुर्याएको बिश्वास गरिएको छ ।
समाज परिवर्तनको दिशामा हामी केन्द्रित छौं । परिवर्तनको प्रारम्भ आफैंबाट हुनुपर्छ भन्नेमा हामीमा कुनै भ्रम छैन । अत : समाज परिवर्तनको उत्कट अभिलाषा सहित प्रारम्भ गरिएका अनेकौं सामाजीक कृयाकलापको माझमा छाडा बाछाबाछी संरक्षण अभियानको २०० दिन पुरा भएको सन्दर्भमा समेटिएका अनुभव आदान प्रदान गर्ने र यस्को दिगो संरक्षणमा अपनाउनु पर्ने सावधानीका बारेमा चर्चा गर्ने उदेश्यले एउटा कार्यक्रमको आयोजना गरिंदैछ । उक्त कार्यक्रममा यहाँको सहभागिताले समाजमा नौलो चेतनाको बिस्तारमा मद्दत पुग्ने हामीले बिश्वास लिएका छौं । कृपया यहाँको सहभागिताका लागि बिशेष आग्रह गर्दछौं ।
स्थान : बाछाबाछी संरक्षण स्थल, एअरपोर्टको उत्तरतर्फको खेल मैदान (गोठाटार)
मिति : २०७६ मंशिर १४ गते शनिबार
समय : बिहान ७.३० बजे
भवदीय
उत्तम पुडासैनी
९८५११७५७७७