लोकप्रियभइरहेको, सबैको, सधैको साथी पुस्तक

राजनीति

संसारमा धेरै किसिमका पुस्तकहरुलेखिन्छन । तर बस्तु शास्त्र ज्योतिषीशास्त्र, धर्म शास्त्र, योग शास्त्र तथा मनोबैज्ञानिक पक्षलाई समेत समेटी हामीलाई अति उपयोगी हुने पुस्तकहरु भने निकै कम लेखिन्छ । तर अहिले नेपालमा भने यिनै विषयहरुलाई एकै पुस्तकमा समावेस गरी लेखक तथा प्रकाशक उद्धवकुमार घिमिरेले सर्बैको, सधैको साथी पुस्तक लेखेकाछन । हिरादेवी नेपाल प्रकाशक र विश्व स्वतन्त्र संचारले मुद्ण तथा वितरण गरेको यो पुस्तक वजारमा सर्वाधिक रुचाइएको छ । व्यक्तिगत तिन सय र संस्थागत पाँच सय मूल्य रहेको यो पुस्तक निकै विव्रmी भएकोले सर्वाधिक विव्रmीको नम्वर एक पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । सर्वाधिक रुचाइएको, लाखौ पाठकको मन जितेको यो पुस्तकसरल भाषा, शैलीमा लेखिएको छ । मानवीय रुचीका अतिआवश्यक विषयहरु समावेश भएको यो पुस्तक पढ्नु पनर्,े घरमा राख्नै पर्ने पुस्तक मानिन्छ । यस पुस्तकमा लेखक तथा प्रकाशक उद्धवकुमार घिमिरेले विवाह सम्वन्धी जानकारी,घर निर्माण, किनवेच गर्दा अपनाउनु पर्ने सर्तकताहरु, सफलताको लागि पुज्नु पर्ने देवी–देवताहरु खानपान सम्बन्धी ध्यान दिनुपर्ने पक्षहरु लगायतका विषयहरुको राम्रो प्रस्तुति दिएकाछन् । यसैगरी वस्तुशास्त्रीय विचार, ज्ञान, जीवन उपयोगी मन्त्र, सातबारको पुजा प्राथना श्राद सम्बन्धी जान्ने पर्ने कुराहरु, राशी अनुसाको मन्त्र र इष्ट देवता, धार्मिक दृष्टिले अंगको महत्व, राशीज्ञानजस्ता विषयहरु पनि समावेश छन् । योग र योगमा गर्ने कार्यहरु, मानव शरीरमा कोठीको महत्व, कुन महिनामा लाखवत्ती बाल्नु राम्रो हुन्छ, कुन महिनामा के फल प्राप्त हुन्छ? भाग्यमानीका वत्तीस लक्षणहरु, हामीले त्याग्नै पर्ने गलत अवधारणहरु, अरुलाई कसरी आफूप्रति आकर्षित गर्ने, सफल नेतृत्व कसरी गर्ने लगायतका विषयहरुलाई ज्ञानवद्र्धक रोचकढंगबाट लेखकले प्रस्तुत गरेकाछन् । यस्तै विद्यार्थीको गुणहरु, दीर्धायु रहने शुत्रहरु, पानी एक नाम अनेक, सत्य भनाईहरुका साथसाथै हाम्रो मानसिक अवस्था सम्बन्धी विभिन्न विषयहरु पनि यो पुस्तकमा उल्लेख छन् ।

यी, यस्ता विषयहरु समावेस भएको कारण दुई प्रत्येक घर–घरका पाठकहरुले यो पुस्तक पढने छन् । यो पुस्तक विश्व स्वतन्त्र सञ्चार कार्यलयमा आउने पाठकहरुलाई दुई सय बरावरको आकर्षक उपहार समेत प्रदान गरिने छ । यस कारण खोजी–खोजी भए पनि यो पुस्तक किन्ने गरेको देखिन्छ । सरल, रोचक ढंगबाट यस्तो हरेक विषयहरुलाई समेटी पुस्तकप्रकाशित हुनु भनेको निकै सराहनीय कार्य मानिन्छ । धार्मिक, सास्कृतिक, ज्योतिषी, मानवीय मन, समवेदना वुझेका यस्ता विषयहरुमा गहन अध्ययन गरेका लेखक, प्रकाशक उद्धवकुमार घिमिरेको राम्रो जानकारीमूलक प्ुस्तक हो । यो पुस्तकले लेखकको अध्ययनशीलता, विविध विषयमा ज्ञाताको रुपमा स्थापित गरेको छ । विविधतापूर्ण विषयका ज्ञाता, वर्तमान समयमा पाठकको माग, चाहना के छ भन्ने वुझेका, हरेक विषयकलाई सरल भाषा शैलीमा सहज ढंगमा पानी वगे झै सल्ल् वग्न सक्ने खुवीभएका लेखकको रुपमा यो पुस्तकले स्थापित गरिदिएको छ । यी, यस्ता विशेषताहरु भएता पनि लेखक तथा प्रकाशक केही कुरामा भने चुकेकाछन् ।

जे होस पुस्तक लेखन, प्रकाशनको प्रतिस्पर्धामा यस किसिमको महत्वपूर्ण ज्ञानवद्र्धक,जानकारीमूलक पुस्तक लेखेर लेखक घिमिरेले प्रकाशन क्षेत्रमा एक उदाहरणीय कार्य गरेका छन् । नेपालको पुस्तक प्रकाशनको दौडमा एक पाइला भए पनि अधि बढाएका छन । उनको यो कार्य अझै अघिवढिरहोस र पुस्तक लेखेर, प्रकाशन गरेर मुलु्कलाई उल्लेखनीय योगदान दिन सकुनभन्ने कामना पनि गर्दछौं ।