नेपाली सम्पर्क समितिको महाधिवेशन डिसेम्बर २९ मा, महाधिवेशनमा कलाकार सीता सुबेदीको बिशेष प्रस्तुति पनि रहने

कोरियाअपडेट

सउल, दक्षिण कोरिया

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १७ औं महाधिवेशन यही डिसेम्बर २९ तारिखमा हुने भएको छ । साथै महाधिवेशनमा कलाकार सीता सुबेदीको बिशेष प्रस्तुति पनि रहने भएको छ। एक प्रतिष्ठित कोरियन संस्थाको निमन्त्रणामा आफ्नो नित्य प्रस्तुत गर्न आएकि सिता अहिले नेपाली समुदायका बिबिन्न कार्यक्रमहरूमा ब्यस्त छिन्। सितालाई आफ्नो शारीरिक अवस्थाका बाबजुद पनि नेपाली सस्कृती बिश्व सामु पुर्याउन गरेको योगदानको कदर स्वरूप उहाँको प्रस्तुति राख्दै उहाँलाई बिशेष सम्मान प्रदान गर्न लागिएको नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाकीअध्यक्ष अन्जु केसीले जानकारी दिनुभयो।

महाधिवेशनलाई स्वतन्त्र, निष्पक्ष, पारदार्शी र सहज ढंगबाट सम्पन्न गर्नका लागि संस्थाको विधान बमोजिम सल्लाहकार लोचन राईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको छ । उक्त समितिले निर्वाचन आचारसंहितासमेत जारी गरेको छ । जारी आचारसंहितामा आचारसंहिताको परिभाषा, निर्वाचन समिति, विधान, महाधिवेशन, साधारण सदस्य, कार्यसमिति, उम्मेदवार, मतदाता, मतदाता आचारसंहिता, निर्वाचन प्रकृयालाई विधानानुसार उल्लेख गरिएको निर्वाचन समितिले बताएको छ ।

निर्वाचन आचारसंहितामा निर्वाचन हुने पद, उम्मेदवारी मनोनयन दर्ता शुल्क, उम्मेदवार हुन आवश्यक योग्यता, उम्मेदवारी मनोनयन दर्ता प्रकृया, मतदान प्रकृया, मतगणना, निर्वाचन परिणाम, निर्वाचन कार्यतालिकालाई प्रकाशित गरेको निर्वाचन समितिका सदस्य चित्रबहादुर मोक्तानले जानकारी दिनुभयो। नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १७ औं महाधिवेशन लाई सभ्य र भव्य रुपमा सम्पन्न गराउनको लागि कोरियामा रहनुभएका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू ,समाजसेवी, बुद्धिजीवी ,पत्रकार ,लगायत अग्रज ब्यक्तिहरूलाई उपस्थितिको लागि नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाकी अध्यक्ष अन्जु केसीले हार्दिक अनुरोध समेत गर्नुभएको छ।