काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने सशक्त माध्यम पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा सरकार तथा निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्ने बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुग्न कठिन नहुने भन्दै उहाँले पर्यटकीय पूर्वाधारका साथै सेवा स्तरीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विश्वचर्चित एक्सेलट्रिप ग्लोबलको नेपालमा सेवा शुभारम्भ गर्दै गभर्नर नेपालले देशको अर्थतन्त्रमा हालको पर्यटन क्षेत्रको तीन प्रतिशतलाई बढाएर १० प्रतिशतको हाराहारीमा योगदान पुर्याउन पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
गभर्नर नेपालले पछिल्लो तीन वर्षयता इतिहासकै उच्च आर्थिक वृद्धि भइरहेको बेला पर्यटन क्षेत्रको योगदान न्यून रहेको भन्दै सेवा क्षेत्रको योगदान बढाउन सबै क्षेत्रको सहयोग चाहिने बताउनुभयो ।
सरकारले १५औँ पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । नेपालमा लगानीको अवसर छैन भन्नेहरुका लागि ‘एक्सेलट्रिप’ एक उदाहरण बन्ने उनको उहाँको भनाइ थियो । गभर्नर नेपालले गत वर्ष नेपालीले विदेशमा ९० अर्ब रुपैयाँ खर्च गरेको र विदेशीहरुले नेपालमा ७४ अर्बमात्र खर्च गरेको जानकारी दिँदै नेपालीले विभिन्न माध्यमबाट गर्ने खर्च नेपालकै बैंकमा आउने र शून्य कमिशनमा काम गर्ने भएकाले संस्थाको काम प्रभावकारी हुने बताउनुभयो ।
