भक्तपुर । नेपाली काँग्रेस संघिय संसदका सचेतक पुष्पा भुसालले दुइ तिहाईको सरकार सिमाको बिषयमा मौन रहनु रस्यमय भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपाली सिमा भारतले मिचेको बिषयमा यती लामो समय सम्म पनि मौन रहनु र क्याबिनेटबाट कुनै निर्णय गर्न नसक्नु रहस्यको बिषय भएको बताउनु भएको हो ।
उहाँले सरकारले केवल सिंहदरवारलाई मात्र मजबुत बनाउने खेलमा लागेका कारण संघियता खतारमा परेको आरोप लगाउँदै प्रदेश सरकार र स्थानीय सरकारमा सिंहदरकावरको अधिकार भन्दा भ्रष्टाचारको पहुँच पुगको बताउनु भयो ।
उहाँले वर्तमान सरकारले ट्रष्टको नाममा रहेको जग्गा आफ्नो गुण तिर्न जसरी कौडिको मूल्यमा उपलब्ध गराउँदै छ यसले पनि सरकार कति भ्रष्टाचारमा डुबेको छ यसले झनै प्रष्टाएको बताउनु भयो । उहाँले कम्युनिष्ट सरकार कानुन भन्दा भाथि जान खोजेको र भ्रष्टाचार,हिंसा र हत्यालाई प्रश्य दिएको आरोप लगाउनु भयो ।
वर्तमान सरकारले अनुसन्धान बिभागको बिशेष सेवा गठन ऐन संसोधन गर्न संसदमा प्रबेश गराएको र अनुसन्धान बिभागलाई ब्यक्तिको घर खोजतलासका साथै फोन ट्यापिङ गर्ने अधिकार दिएर ब्यक्तिको स्वतन्त्रता र मौलिक हक अधिकारको उलंघन गर्न खोजेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेसले अव गुट उपगुटको राजनीतिलाई चिर्दै सभापतिले बिचारको राजनीतिलाई अग्रसरता दिने उहाँले बताउनु भयो ।
उहाँले नेपालको बिदेश नीति सत्तामा बस्न र नीजि स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै बिदेश नीतिमा पक्ष प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
