वडाध्यक्ष डबलबहादुरले उन्मुक्तिनपाउन्

राजनीति

काठमाडौं, ८ पौष । आफू सहित परिवारमाथी वडाध्यक्षले कुटपिट गरेपछि ७६ वर्षिय बृद्ध डबल बहादुर खड्का सख्त घाइते अवस्थामान्यायमाग्दै राजधानीआइपुगेका छन् । उनले आज रिर्पोटर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी घटना वारे यर्थाथ जानकारी गराउदै बझाङको खप्तड छान्ना गाउँपालीका वडा न. ६ का वडाध्यक्ष तिलकबहादुर खड्का घटनामा संलग्नभएपनिउनले उन्मुक्तिपाएको भन्दै कडा कारवाहीको माग गरेका छन् ।
उनले भने, ‘जनप्रतिनिधिले म जस्तो बृद्धलाई ज्यानमार्ने उद्देश्यले आक्रमण गरेका छन् । उनीमाथि कडा कारवाहीहोस ।’ पिडित खड्काले दुई छोरा र तीनबुहारीमाथीपनि आक्रमण भएको बताए । कुटपिटबाट खड्काको तीन ठाँउमा खुट्टाभाचिएको छ भने छातीको करङ पनिभाचिएको छ ।उनको आँखा, नाक र मुखमापनिगहिरो चोटलागेको छ । वडाध्यक्ष सहित केहीव्यक्तिलाई बझाङमाज्यानमार्ने अभियोगमा मुद्धा दर्ता गरिएको जानकारी दिए । उनले आफुमाथी आक्रमण गर्नेमा वडाध्यक्ष तिलकबहादुर खड्का सहित वडासचिव दिपक ब. खड्का , नेपाली सेनामाकार्यरत चक्रबहादुर खड्का, भरत थापा, जग खड्का, वसन्त खड्का, सन्न्तोष खड्का, किरण खड्का, ओब्जन खड्का र ऐकेन्द्र खड्का रहेको बताए ।
कार्तिक २ गते पिडित डबल ब. खडकासंग स्थानिय भरत थापासंग पानीको वारेमाविवादभएको र त्यसको भोलिपल्ट कात्र्तिक ३ गते दिउँसो वडाध्यक्ष लगाएतको समुहले छोरा बुहारीसहितलाई ज्यानमार्ने मनासायले कुटपिट गरेको बताए ।
कुटपिट पछि चोट लागेका खड्काको परिवारलाई धनगढी मायामेट्रो अस्पताल लगिएको र छोरा र बुहारीहरलाई घर पठाई बृद्ध डबल खड्कालाई काठमाडौ पठाइएको थियो । उनले भने, ‘मेरो काठमाडौको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ ।’
बझाङ अदालतमा पिडकहरुविरुद्ध मुद्धा दायर गरेको भएपनि पिडित खड्काको परिवारलाई बोलाएर केहि आजसम्मनसोधिएको गुनासो पिडित परिवारले गरेका छन् । ५लाख७४ हजार धरौटी लिई बझाङको जिल्लाअदालतले पिडकहरुलाई सामान्य धरौटिमा छोडिदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनका छोरा तेजबहादुर खड्काले आफूहरु अन्यायमा परेको बताए । उनले भने ‘हाम्रो परिवार अन्यायमा परेको छ, हामीलाई न्यायदिलाइदिनु पर्यो । वडाध्यक्षले नै कुटपिट गर्छन् भने जनता कसरी सुरक्षितहुने ?’