बेलायतमा महिला सांसदमाथि अभद्र टिप्पणी गर्नेक्रम बढ्दो छ । केही महिला नेतृहरूले भनेका छन्, ‘आजसम्म पनि यस्ता अभद्र टिप्पणीबाट बच्न सकिएको छैन ।’ ‘अ हिस्ट्री अफ विमेन इन पार्लियामेन्ट’ पुस्तक लेखक लेबर पार्टीकी सांसद रेचल रिब्स भन्छिन्, ‘पहिलो महिला सांसद नैनसी स्टरले पुरुष सांसदहरूका बीचमा लामो संघर्षपछि संसदमा स्थान बनाएकी थिइन् । तर अहिलेको अवस्थामा महिला सांसदलाई बलात्कार र हत्याको धम्की आउनु सामान्यजस्तो भयो । ५० भन्दा बढी सांसदले भनेका छन्, १२ डिसेम्बरमा हुने आमचुनावमा हामी भाग लिने छैनौं । त्यसमा १८ महिला सांसद छन् । यो निर्णयका पछाडि उनीहरूमाथि हुने टिप्पणी सबैभन्दा महत्वपूर्ण रहेको केही महिलाहरूको ठम्याइँ छ ।
बेलायतका संस्कृति सचिव निक्की मार्गेनलाई केही धम्की आयो । उनलाई ६४ वर्षीया रोबर्ट विडलरले फोनमा धम्की दिँदै भनेका थिए, ‘तिमीसँग औंलामा गन्न सकिने दिन बाँकी छ ।’ ती व्यक्तिलाई १८ साताको जेल सजाय भयो । निक्कीका अनुसार उनी सांसद बन्दा उनको परिवारमा सिधैं प्रभाव पर्छ । विगत एक दशकमा मानिसहरूको अभद्र टिप्पणी धेरै बद्लियो । किनभने त्यसबेला ब्रेग्जिटमाथि बहसले देश तातेको थियो । मानिसका लागि राजनीतिको वर्तमान परिदृश्यमा एउटा विशेष विचार छ ।
लिबरल डेमोक्रेट र पूर्व टोरी सांसद हेडी एलेनले पनि चुनाव नलड्ने निर्णय गरिन् । उनलाई पनि ज्यान मार्ने धम्की आयो । ब्रेग्जिटलाई लिएर उनीमाथि ५१ वर्षीय व्यक्तिले नक्कली इमेल आइडी प्रयोग गरेर धम्की पठाएको थियो । अहिले ती व्यक्तिलाई ४२ साताको जेल सजाय सुनाइसकेको छ ।
एलेनले आफ्नो चुनावी क्षेत्रका जनतालाई लेखेको पत्रमा भनेकी छन्, ‘कसैको जागिरमा कसैले डर, धाकधम्कीको इमेल, सामाजिक सञ्जालमा अभद्र टिप्पणी र घरमा पैनिक अलार्म लगाउन आवश्यक छैन । सार्वजनिक रूपमै यस विषयमा अनुसन्धान हुन्छ, त्यसमा कुनै शंका छैन, तर मानिसले धेरैपटक हदको दायरा पार गरेका छन् । यसको असर गम्भीर हुन्छ, कहिलेकाहीँ अमानवीय पनि हुनसक्छ ।
बेलायतलाई इयूमा रहने पक्षधरले ती सांसदलाई निशाना बनाएको भने होइन । टोरी नेता तथा ब्रेग्जिटका पक्षधर एड्रिया जेनकिङ्सले यस्ता केही टिप्पणीको सामना गरिसकेकी छन् । उनले धम्कीयुक्त इमेल मात्र होइन, उनकै निर्वाचन क्षेत्रका एक मतदाताले आत्महत्या गर्ने पेन्टिङसमेत पठाएका थिए । उनले भनिन्, ‘ममाथि केही व्यक्तिगत टिप्पणी गरिएको मात्र थिएन, खराब आमासमेत भनिएको थियो । यसका बाबजुद पनि उनले हार मानेकी छैनन् । उनी यो चुनावमा मोरली र आउटवुड सिटमा चुनाव लड्ने छिन् । उनी भन्छिन्, ‘म यहाँ जागिर खान आएकी हुँ, मलाई मेरो चुनावी क्षेत्रको प्रतिनिधित्व गर्न मन पराउँछु । म केही स्थानीय मुद्दालाई अन्त्य गर्न जुटिरहेको छु, त्यसमध्ये एउटा बच्चाको शोषण पनि एक हो । यस्ता मुद्दामा लड्दा म जहिले पनि आफ्नो जमिन र मतदातासँग जोडिएको हुन्छ । यदि मैले चुनाव लड्न छाडे भने त्यसको अर्थ आफ्नो मुद्दा र मतदाताबाट भाग्नु हो भन्ने निस्कन्छ ।’
लिबरल डेमोक्रेटिक सांसद सारा वोलास्टनले जब कन्जर्भेटिभ पार्टी छोडिन्, त्यसबेला उनलाई आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भेटघाट र प्रचार नगर्न प्रहरीले सुझाव दिएको थियो । तर एड्रिया जेनकिङ्सले बीबीसी रेडियो कार्यक्रममा भनिन्, ‘तपाईं यस किसिमको सबै कुरा छाडेर त्यस्ता व्यक्तिको जवाफ दिन सक्नु हुन्न । तपाईं अगाडि बढेर त्यस्ता व्यक्तिलाई सबक सिकाउनुपर्छ ।
एमनेस्टी इन्टरनेसनलको एउटा अध्ययनअनुसार महिला सांसदमाथि हुने अभद्र टिप्पणीमा सबैभन्दा बढी छाया होम सेक्रेटरी डिएन एबट सिकार बनिन् । टिप्पणीको ५० प्रतिशत उनलाई ट्विटरबाट प्राप्त भयो । यसका बाबजुद पनि आउँदा चुनावमा आफ्नो आवाजलाई दमदार रूपमा प्रस्तुत गर्ने उनी बताउँछिन् ।
सन् २०१९ को चुनावभन्दा अगाडिसम्म ५७ सांसदले आउँदो निर्वाचन नलड्ने घोषणा गरे । गत निर्वाचनको तुलनामा यो तथ्यांक थोरै हो । सन् २०१० मा १४९ सांसद र सन् १९९७ मा ११७ सांसदले चुनाव नलड्ने घोषणा गरेका थिए । तर यो चुनावमा यस्तो घोषणा गर्ने महिला सांसद बढी छन् ।
टोरी अध्यक्ष जेम्स क्लेवर्लीले एउटा ट्इटलाई रिट्विट गर्दै भने, चुनाव लड्ने निर्णय गर्ने ३२ प्रतिशत महिला सांसद छन् । यो तथ्यांक ठीकै हो । जम्मा १८ महिलाले चुनाव लड्ने घोषणा गरेका छन् । प्रतिशतको हिसाबले यो ३१ वा ३२ हुन आउँछ । बेलायतको तल्ला सदन हाउस अफ कमन्स छोड्ने पुरुष सांसद औसत उमेर ६३ हुन आउँछ । महिलाका लागि यो ५९ वर्ष हुन आउँछ । एउटा चाखलाग्दो विषय के हो भने, जुन नेताले यसपटक निर्वाचन नलड्ने निर्णय गरे तिनीहरूमध्ये ८९ प्रतिशत सांसदले इयूसँग सम्बन्ध कायम राख्नुपर्छ भन्ने पक्षमा भोट हालेका थिए ।
