सोलुखुम्बुको अपराध अनुशन्धान फितलो बन्दै गएको छ । अपराध अनुशन्धान गर्ने निकायले अपराधी पत्ता लगाउन नसक्दा अनुशन्धान फितलो बन्दै गएको हो । अनुशन्धान फितलो बन्दै गएपछी, जिल्लामा अराजकता पनि बढ्न थालेको छ । घटना घट्छ तर प्रहरी प्रशासन भने स्थलगत सर्जमीन मुचुल्का लेखेर मात्रै बसिरहेको छ । मुचुल्का भन्दा बाहेक अनुशन्धानका अन्य उपलब्धीमुलक गतिबिधी देखिएको छैन । जसले गर्दा अपराधिक मानसिकताका ब्यक्तिहरुलाई थप बल पुगिरहेको छ । केही समय अगाडि अनुशन्धानमा अगाडि रहेको सोलुखुम्बुको प्रहरी प्रशासन अहिले भने लाचार जस्तो देखिएको छ । केही समय अघि देखि जिल्लामा अराजकता र अपराध बढ्दै गएपनी, त्यसलाई नियन्त्रण गर्ने निकाय भने कुनैपनी घटनाको निचोडमा पुग्न सकिरहेको छैन । यति मात्र होईन, सदरमुकाम नजिकै भएको हत्याको पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । त्यसैमाथी जिल्लामा गैरकानुनी कार्य गर्नेहरु माथी नियन्त्रण गर्न जिल्ला प्रशासन र प्रहरी प्रशासन असफल देखिएका छन । केही समय अगाडि तथ्य सहित प्रकाशित समाचारमा नियम बिपरित हवाई ढुवानी नियन्त्रणमा प्रशासन मौन देखिएको छ । यता अपराध अनुशन्धान पनि निकम्मा देखिँदा जिल्लाबासीमा भने त्रास बढ्दै गएको छ ।
गत भदौ २१ गते राती हत्या भएको र २२ गते बिहान शब भेटिएको मुगामाया बिश्वकर्माको हत्यारा अझै पत्ता लागेको छैन । अनुशन्धानकै क्रममा ४ महिना पूरा भइसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको हो । सोलुखुम्बुको सदरमुकामबाट नजिकै उनको शब हातका नशा काटिएको अवास्थामा भेटिएको थियो । सोलु दुधकुण्ड नगरपालिका ५ सेर्गाखोपकि ४७ बर्षिय मुगामायाका आफन्त भने अपराधी पत्ता लगाउन प्रशासन चुकेको बताईरहेका छन । मृतकका भाई गोपाल घिमिरेका अनुसार हत्याराको बारेमा सोध्दा प्रहरी प्रशासनले सधै रेडिमेट जवाफ दिने गरेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “जहिले सोधेपनी अनुशन्धान भईरहेको तर प्रमाणहरु केही फेला नपरेको जवाफ आउँछ, यहि तरिकाले त कसरी पत्ता लाग्ला र अपराधी ?”
त्यस्तै गत असोज २ गते खुम्बु पासाङलम्हु गाउँपालिका अन्तरगत वडा नम्बर दुईमा संचालित याक होटलमा शङ्कास्पद अबस्थामा मृत भेटिएका, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ९ का बिबाई भनेर चिनिने वीर बहादुर तामाङको पनि हत्या भएको आशङ्कामा मृतकका दाजुले जाहेरी दिएका थिए । तर यस घटनामा पनि अनुशन्धानले गतिलो नतिजा निकाल्न सकेको छैन । तर जिल्ला प्रहरी कार्यालय भने अनुशन्धान भईरहेको मात्र जनाईरहेको छ । प्रहरी प्रमुख नारायण प्रसाद चिमोरियाको भनाई अनुसार अनुशन्धान जारी रहेपनी सबुत र प्रमाणहरु भने फेला नपरेको हो । अनुशन्धानले अपराधी पत्ता लगाउन नसक्दा अन्य घटनामा पनि वृद्धि हुनसक्ने सरोकारवालाहरुको चिन्ता रहेको छ ।
जिल्लाका सुरक्षात्मक निकायहरुले घटनाको दोषी पत्ता लगाउन नसक्दा अपराध गर्नेहरुको हौसला बढ्ने हुदा, यस्ता निकायहरु चलायमान र परिणाममुखी बन्न अति आवस्यक छ । अनुशन्धान भईरहेको भनिएपनी, अपराधी पत्ता लागेको भने कहिल्यै सुन्नमा आएको छैन । यसले गर्दा जिल्लामा अपराध झनै बढ्ने अनुमान गरिएको छ । यस तर्ग सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न सकोस ।
