काठमाडौं । नेताहरुमा माला मोह ज्यादै बढेको छ । कुनै कार्यक्रममा अतिथि स्वागत गर्दा वा कुनै विजय हाँसिल गर्दा फूलमाला र अवीरले स्वागत गर्ने प्रचलन पुरानै भए पनि केही समय अगाडिदेखि नेताहरुमा माला मोह ज्यादै बढेको छ । माला जिउले थाम्न नसकियोस् वा टाउकै छोपियोस्, कुनै प्रवाह हुँदैन । आयोजक वा स्वागतकर्ताले पनि यतिकुराको ख्याल गरे राम्रो हुन्थ्यो होला । यहाँ सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई एउटा कार्यक्रममा लगाइदिएको मालाले नदेखेर हिड्न समस्या भएपछि आफ्नो बडीगार्डको साहारा लिनु परेको दृश्यले सबैको ध्यान तेतातिर खिचिएको छ ।
बाँस्कोटाको गृहजिल्ला काभ्रेको रोशी गाउँपालिका-१ मा बनेको विद्यालय भवन उदघाटन गर्न पुगेका उनलाई स्थानीयले भव्य स्वागत गरे। स्वागतमा बाँस्कोटालाई माला पहिर्याइदिए। माला उनका गलामा मात्रै अटेनन् आँखासम्म छोप्न आए।मालाले एउटा आँखा नै छोपेपछि मन्त्री बाँस्कोटालाई हिँड्न अप्ठेरो भयो। सुरक्षा गार्डले उनलाई हात समातेर डोर्याए।
