बरहथवा\कृष्ण एस्माली
बरहथवा र हरिपुर नगरपालिका आसपासका क्षेत्रमा धमाधम किर्ते गरेर जग्गा पास हुन थाले पछि सर्वसाधारणहरु आतङ्कित बनेका छन् । जग्गाधनीले जग्गा नै विक्री नगरे पनि अरुको नाममा आफ्नो जग्गा नामसारी भई श्रेष्ता कायम भएको र वडा कार्यालयका सचिवहरुले केहि हजार रुपैयाँको लालचमा गिरोहहरुले जस्तो भन्छ सोही तरिकाले सिफारिस गरी दिएर सिफारिस बमोजिम जग्गा समेत पास हुन थालेकाले स्थानीय सर्वसाधारणहरु नेपाल सरकारको आधिकारिक निकाय जस्ले नेपाली जनताको अचल सम्पतिको श्रेष्ता कायम गरी सो सम्पतिको धनी भएको प्रमाण दिने निकाय मालपोत कार्यालय र स्थानीय सरकारका जिम्मेवार निकायमा रहेका वडा सचिवप्रति नै शसंकित नजरले हेर्न थालेका छन् ।
हरिपुर नगरपालिका वडा नं १ मा (जानकीनगर) पर्ने जग्गाको सिफारिस बरहथवा नगरपालिका वडा नं.३ (हजरिया करिब १० कि मिको दुरी) बाट सिफारिस गराई किर्ते जग्गा धनीले जग्गा राजिनामा पास गरेर बिक्री गरेको रहस्य खुलेपछि स्थानीयहरु कतिबेला कस्को जग्गा कस्ले कस्को नाममा पास गराएर श्रेष्ता कायम गराउने हो भनेर आतङ्कित बनेका हुन् ।
केशब नारायण श्रेष्ठ र केशब नरसिह श्रेष्ठमा वास्तविक नाम के हो भन्ने नै अनुसन्धानको विषय बनिसकेको श्रेष्ठको नाममा बरहथवा नगरपालिका वडा नं ३ का सचिब राजनारायण ठाकुरले साउन २९ गते सिफारिस पत्र आफैले नलेखि स्वास्थचौकी हजरियाका कार्यालय सहयोगी शंकर बैठालाई लेख्न लगाई वडा अध्यक्ष चन्द्रबहादुर कुश्वारको नक्कली सही समेत गर्न लगाएको तथ्य खुलेको छ । बरहथवा नगरपालिका वडा नं ९ र १६ नं का सचिब लक्ष्मण श्रेष्ठबाट सिफारिस गराउन खोज्दा लक्ष्मणले शंका लागेर बुझ्नु पर्छ , बुझेर गरि दिन्छु भनेपछि हजरियाबाट सिफरिस गराईएका थिए । सचिब श्रेष्टले भने—“ सिफारिस गरि दिनका लागि ५० हजार रुपैया दिने भने पछि शंका लागेर नगरेको हो । साँच्चै नै यस्तो महाभारत पो रहेछ ।” वडा अध्ध्यक्ष कुश्वारले भने —“ मेरो सिफारिसमा जग्गा पास भएको सुनेर म छक्क परेँ । मैले त सिफारिस नै गरेको छैन । नगरपालिकामा तुरुन्त बैठक बसेर मालपोत कार्यालयबाट सिफारिस पत्र पनि मगाएर हेरियो । मेरो सही मिलाउन त खोजेको छ तर मिल्दैन । वडा सचिब ठाकुरलाई बोलाएर सोधियो र कार्यालय सहयोगी बैठालाई पनि सोधियो । उनिहरुले सकारेको छ । सचिबले भनेको बमोजिम आफूले पत्र लेखेको र सही पनि आफैले गरेको बैठाले बताएको र त्यो कुरा सचिब ठाकुरले पनि स्वीकार गरेकाले त्यसै अनुसारको कागज गराईको छ ।” उनले भने —“पछि लिखित स्पष्टिकरण माग गर्दा भने सचिबले आफूले पत्र लेख्न बैठालाई नभनेको बताएको छ । तर बैठाले सचिब ठाकुरले भनेको अनुसार नै आदेशको पालना मात्र आफुले गरेको बताएको छ ।”
बरहथवा नगरपालिकाका सूचना अधिकृत कमल पौडेलले भने—“वडा सचिब राजनारायणलाई बिभागि कार्वाहीका लागि लेख्छौ । कार्यालय सहयोगी बैठाको बिदा हुन्छ ।” सचिब ठाकुर र कार्यालय सहयोगी बैठासंग सम्पर्क गर्न खोजे पनि सम्पर्कमा आउन चाहानु भएन ।
किर्ते सिफारिसमा किर्ते जग्गा धनीले जग्गा बिक्री गरेको गाँईगुई चल्न थाले पछि यो विषयले प्राथमिकता पायो । कारण यो जग्गा यसै नाम गरेका ब्यक्तिले बिक्री गरेको भए पनि २०७५ साल साउन ४ गते मात्र राजिनामा पास किर्ते ठहर गरी मालपोत कार्यालय बरहथवाले राजिनामा पास बदर गरेको थियो ।
जानकिनगर स्थित हाल हरिपुर नगरपालिका वडा नं.१ मा पर्ने गंगापुरसितापुर वडानं. १ ष कि नं ४ क्षेत्रफल २ बिघा १५ कठ्ठा जग्गाको जग्गाधनी पुर्जामा तीन पुस्ते र फोटो टाँस समेत नभएकाले मिति ०७४साल असोज १८ गते तीनपुस्ते कायम गर्न र फोटो टाँसका लागि चितौन भरतपुर नगरपालिका वडा नं २ ठेगाना उल्लेख गर्दै माधब नरसिं श्रेष्ठका नाती केदार नरसिं श्रेष्ठका छोरा केशब नरसिं श्रेष्ठले वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठबाट प्रमाणित सिफारिस पत्र ल्याएर तीनपुस्ते कायम गर्नुका साथै नागरिकता प्रमाण पत्र नं ०४९६२०३८ कायम गरी पोटो टाँस समेत गरेका थिए । मिति ७४ साल असोज २९ गते नै २ बिघा जग्गा छठिया देबी र गायत्रीदेबीको नामा पास गरी दिएका थिए । त्यसको ठीक तीन महिना पछि ७४ साल पौष १८ गते भरतपुर नगरपालिका वडा नं. २ बाट नै वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठको प्रमाणितमा बालमकुन्द श्रेष्ठको नाती रोमनारायणको छोरा केशबनारायण श्रेष्ठ र केशब नरसिं श्रेष्ठ नाम भएको ब्यक्ति एउटै भएको सिफारिस ल्याएका थिए । बिबरणमा फरक देखिएकाले शंका लागेर मालपोत कार्यालय बरहथवाले भरतपुर नगरपालिकालाई यथार्थ खोली पठाउन पत्र लेखे । पत्रको जवाफमा सो सिफारिस नगरिएको र सही छाप पनि वडा कार्यालयको नभएको भरतपुर नगरपालिका वडा नं २ ले लेखेको पत्र पछि कार्वाही चलाएर छठियादेबी र गायत्रीदेबी को नाममा श्रेष्ता कायम भएको जग्गाको श्रेष्ता कट्टा गरी केशब नारायणको नाममा जग्गाको श्रेष्ता कायम गरिएको थियो । तर केशबनारायण श्रेष्ठ र केशबनरसि श्रेष्ठ दुबै एकै ब्यक्ति भएको नक्कली सिफारिसकै आधारमा पहिले नै केशबनारायण श्रेष्ठको नाममा श्रेष्ता कायम भई सकिएको थियो । साउन ४ गतेको मालपोत कार्यालयको जग्गा राजिनामा पास बदर निर्यणबाट पनि बास्तविक जग्गा धनीको नाममा जग्गा आएको थिएन । यसै मौकामा साउन २९ गते केशबनारायण श्रेष्ठले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ३ का गणेश बहादुर प्रधानका छोरा पे्रमबहादुर प्रधान नाम गरेका ब्यक्तिको नाममा राजिनामा पास भएको छ । केशब नारायणलाई सिफरिस गरी दिने बरहथवा नगरपालिकाका वडा नं. ३ का सचिबलाई बिभागीय कार्वाहीको तयारी भईरहेको छ । तर मालपोत कार्यालयका कर्मचारी माथि के कस्तो कार्वाही हुँदै छ ? हरिपुर नगरपालिकाको वडा नं. १ मा पर्ने जमिनको बरहथवा नगरपालिकाको वडा नं. ३ हजरियाको सिफारिमा किन जग्गा पास गरियो ? गाबिसहरु मिलाएर गाउँ पलिका र नगरपालिका बनाउँदा केही तलमाथि वा वरप भएकोले यस्तो सिफारिसमा ध्यान पुर्याउन नसकेको मालपोत कार्यालयले तर्क गरेर आफ्ना दोषी कर्मचारीलाई ढाकछोप गर्ने प्रयास गरिरहेको छ । तर कहिले सम्म ? एउटा सानु खेस्रा तलमाथि हुँदा सम्म काम नगर्ने नियमले मिल्दैन भन्ने कार्यालयमा यो कसरी मिल्यो ? अपराधीले अपराध गर्नु ठूलो बिषय होई न तर जनताको करबाट तलब सुविधाहरु लिने राष्ट्रसेवक कर्मचारीहरुबाट यस्तो अपराध हुन्छ भने यस्तो अपराधलाई ढाकछोप गर्न खोज्नु र लुकाउन खोज्नु पनि अक्षम्य अपराध नै हो । पटक पटक यसप्रारका घटनाहरु दोहोरिरहेका छन् किन ? यहाँ बुढी मरी भन्ने भन्दा पनि काल पल्की भन्ने कुरा भईरहेको देखिन्छ । मालपोत कायालय बरहथवाका प्रमुख विन्देश्वर महतो भन्नु हुन्छ—“ हामी अनुसन्भामा लागेका छौ । अहिले जग्गाको वास्तविक धनी भनिने केशव नरसि श्रेष्ठले ल्याउनु भएको लालपुर्जा पनि हामीले श्रेष्तामा भिडाएर हेर्यौ । त्यस पुर्जामा र श्रेष्तामा लागेको छापमा धनी अक्षरको ह््स्व दिर्घ फरक देखिएको छ । वास्तविक के हो त्यो पत्ता लाग्छ नै ।” यता केशब नरसिह श्रेष्टले नै २०३१ साल देखि नै सरकारको तिरो तिरेर एकलौटी हकभोग चलन गर्दै आएको उनका साँझ सिमानाका ब्यक्रिहरु र जानकीनगर स्थानियहरु एकस्वरले बताई रहेका छन् । उनीहरुले एकै स्वरमा भने —“हामीले जग्गाधनीलाई चिनेका छौ । कस्ले कस्लाई कसरी पास गरिदियो हामी र्फर्याउने छौ ।” यस्तै जग्गा खरिद गर्नेले पनि धेरै ठाँउमा हार गुहार गर्ने र कत्तिपयलाइ प्रभोलन दिने समेत गरिरहेको बताइन्छ । मालपोत कार्यालय बरहथवाका लेखनदास आनन्द अधिकारी भन्नु हुन्छ—“ मलाई यो केश रफादफा गर्न सहयोग गरे १ बिगा जग्गा नै दिने भनेर फोन गरेका छन् ।”
