असोज १२ देखि ’अनुराग’

मनोरन्जन

काठमाडौं । चलचित्र अनुराग असोज १२ देखि प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको तयारी स्वरुप चलचित्र ‘अनुराग ’ टिमले कलेज क्याम्पियन कार्यक्रम समेत गरेको थियो । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचार प्रसारलाई तिव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले जानकारी दिएका छन् ।

चलचित्रका टिम आइतबार बिहान जोरपाटी स्थित समता कलेज पुगेका थिए भने सोमबार कौसलटार स्थित जन पेर्मी कलेज पुगेको नायिका एलिजा गौतमले बतएकी छिन् । नायिका एलिजा गौतम नायक समुन्द्र पण्डित, लगायतको फिल्मको टिम कलेजमा पुगेका थिए । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ घेरा हाल्दै अटोग्राफ लिएका थिए भने नायक नायिका को साथमा फोटो खिच्न पनि भ्याएका थिए ।
चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवालको लगानीका साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को वर्ष २०७५ को असोज १२ गतेलाई प्रदर्शन मिति तोकिएको छ । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ । साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा आधिरित ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो । उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।