मिर्गौलापीडित बालिकालाई आर्थिक सहयोग

आर्थिक समाचार

खोटाङ | ६ असोज : खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मिर्गौलापीडित ९ वर्षीया सुस्मिता विश्वकर्मालाई रु २२ हजार ५०० आर्थिक सहयोग गरिएकोे छ ।

सामाजिक दिवसका अवसर पारेर मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टङ्क आचार्यले ‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकबाट सङ्कलन गरिएको उक्त रकम आज मिर्गौलापीडित ती बालिकालाई हस्तान्तरण गर्नुभयो ।

दुवै मिर्गौला प्रत्यारोपणका लागि आर्थिक समस्यामा परेका विश्वकर्मा परिवारलाई सहयोग गरिएको ‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालक कृष्णकला राईले बताउनुभयो ।

बाम्राङ घर भई हाल कतारमा रहेका युवराज थापाले पनि सुस्मितालाई शुक्रबार सुर्केडाँडा आधारभूत विद्यालयका प्रअ सूर्यबहादुर थापामार्फत रु १५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।