शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा मुद्दा दर्ता

राजनीति

काठमाडौं १५ फागुन । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले बिहार इण्टरमिडिएट शिक्षा परिषद पटना भारतबाट इण्टरमिडिएट तहको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको तथा बढुवा नियुक्ति लिई लाभसमेत लिएको देखिंदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको देखिन आएको हुँदा तत्कालीन प्रहरी नायब निरीक्षक पदमा कार्यरत बिष्णु प्रसाद दलालीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।