व्यवसाय/संस्थाले चाल्न सक्ने कदमहरू
युनिसेफ
कोभिड-१९को फैलिँदो संक्रमणलाई नियन्त्रण गर्न विद्यालयहरू बन्द गरिएसँगै कामकाजी अभिभावकहरूलाई यसबाट नया चुनौतीको सिर्जना भएको छ। काम गर्ने लचिलो समयतालिका, बालबालिकाको हेरचाह गर्ने सुविधा तथा तलबी विदाको अभावका कारण धेरैले आफ्नो रोजगार र पारिवारिक जिम्मेवारीहरू निभाउन कठिनाई भोगिरहेका छन्।
अभिभावकको प्रत्यक्ष सहयोगको अभावका कारण बालबालिकाको स्वास्थ्य, शिक्षा तथा भावनात्मक अवस्था जोखिममा रहेको छ। बालबालिकालाई उनीहरूको हेरचाह गर्ने उचित सीप नभएका हेरचाहकर्ताहरूको जिम्मामा छोड्दा वा एक्लै छोड्दा उनीहरूको सुरक्षामा जोखिम बढ्न जान्छ।

कार्यालयमा परिवार मैत्री नीति तथा अभ्यासहरू लागु गर्नाले तपाईँको संस्था वा व्यवसायले बालबालिकाको स्वास्थ्य तथा समग्र हितको प्रवर्धन गर्न र आफ्ना कर्मचारीहरूलाई संस्थागत सहयोग पुर्याउन अग्रसर हुनुहुन्छ।
परिवार मैत्री नीतिहरूले बालबालिकालाई स्वस्थ तथा शिक्षित बनाउनुका साथै लैंगिक समानता कायम गर्ने मात्र नभई कर्मचारीहरूको कार्यकुशलतामा वृद्धि गर्ने र उनीहरूको मनोबल उच्च राख्दै रोजगारमा निरन्तरता दिन प्रोत्साहन पुग्ने गरेको पाईन्छ।
यसका अतिरिक्त, यस प्रकारका नीतिहरूले कर्मचारीहरुको जिम्मेवारी वहनमा सुधार ल्याउने र तनाव कम गराउने हुनाले उनीहरूको सिक्ने प्रवृत्तिमा वृद्धि हुनुको साथै नया प्रविधि अपनाउन समेत प्रोत्साहन गर्ने गरेको छ।
तपाईंको व्यवसाय/संस्थाले चाल्न सक्ने कदमहरू:
आफ्ना कर्मचारीहरूको बारेमा उनीहरूका बालबालिकाको संख्या, उमेर, लिंग, अध्ययनरत कक्षा, र अपांगता भएमा सो समेत संलग्न गरि विस्तृत जानकारी राख्नुहोस ताकि तपाईंका नीतिबाट के कति बालबालिका लाभान्वित भईरहेकाछन् भनेर जानकारी अद्यावधिक रहोस्।
कोभिड-१९ को सन्दर्भमा बालबालिका भएका अभिभावक कर्मचारी तथा बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी पाएका कर्मचारीहरूसँग हालका सेवा सुविधा तथा अभ्यासहरू पर्याप्त भए नभएको मुल्यांकन गर्नुहोस्।
नयाँ नीति तथा प्रावधानहरू लागु गर्दा सबै कर्मचारीले राम्ररी बुझेको, अपनाउन सहज महसुस गरेको र यसको कार्यान्वयनबाट कर्मचारीलाई केहि हानी नहुने सुनिश्चित गर्नुहोस्।
