काठमाडौं,१८ वैशाख२०७७। गृहमन्त्री थापाले अहिले दक्षिणी नाकामा कोभिड–१९ को जोखिम बढेपछि थप सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी गराउँदै थपिएको सशस्त्रको अस्थायी चौकीलाई स्थायी बनाउनुपर्ने उल्लेख गर्नुभयो । यसका लागि गृह मन्त्रालयले आवश्यक भूमिका खेल्ने उहाँको भनाइ थियो । गृहमन्त्री थापाको पहलमा अघिल्लो महिना १२२ वटा रहेको सशस्त्र प्रहरीको सीमा निगरानी चौकीलाई बढाएर हाल एक हजार २१३ पुर्याइएको छ । सीमावर्ती क्षेत्रमा १४ हजार सशस्त्र प्रहरीको फौज रहेकामा अहिले २२ हजार ५०० पुर्याइएको छ । छलफलका क्रममा मन्त्री थापाले सशस्त्र प्रहरीको भूमिका अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।
लकडाउनलाई थप कडाइका साथ पालनामा गराउनका लागि सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले बाढी, पहिरो, भूक्षयको नियन्त्रण र रोकथामका लागि तयारीमा लाग्नसमेत आग्रह गर्नुभयो । सामाजिक अपराध, घरेलु हिंसा आत्महत्यालगायत आपराधिक क्रियाकलाप नियन्त्रणमा ध्यान दिनसमेत उहाँले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।
