काठमाडौं । गृहमन्त्री रामबहादुर थापा’बादल’ले बुधबार नेकपा सचिवालय बैठकमा राखेको धारणा अनुरुप पार्टी अघि बढ्ने हिँजोको सचिवालय बैठकको निर्णयसँगै पार्टी ठुलो दुर्घटनाबाट बच्न सफल भएको छ । बुधबारको बैठकमा गृहमन्त्रीले ’’ अहिले सबैको ध्यान कोरोना विरुद्धको लडाइँमा केन्द्रित गरौँ । सबैबाट कमिकमजोरी भएका छन्, सबैले आत्मआलोचना गर्दै पार्र्टी एकतालाई सुदृढ गर्दै अघि बढौँ । देशी, विदेशी प्रतिक्रियावादी तत्वहरु नेकपामा फुट ल्याउन उद्धत छन्, त्यसप्रति हामी सबै सचेत हौं । अहिले नेतृत्व परिवर्तन गर्ने उपयुुक्त समय होईन ।’ भन्ने गृहमन्त्रीको धारणा अनुरुपनै हिँजोको सचिवालय बैठकमा अभुतपुर्व एकता कायम गर्दै बैठक सम्पन भएको छ । यसबाट तलमाथि जाने छुट अब कसैलाई छैन । यसपटक नेताहरुबिचको दुरी घटाउन तथा पार्टी एकता कायम गर्न गृहमन्त्री बादलले खेल्नुभएको भुमिकाले पार्टी पंक्तिमा उहाँको स्थान थप उचाइमा पुर्याएको छ ।
्
