असहाय सङ्घसंस्थालाई नेपाल लाइफ इन्सुरेन्सको सहयोग

राजनीति

काठमाडौं,२२ वैशाख २०७७। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक आक्रान्त भइरहेका बेला नेपाल लाइफ इन्सुरेन्स कर्मचारी परिवारले  सातै प्रदेशमा राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको २०औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको १०औँ स्थापना दिवसका अवसरमा विभिन्न अनाथाश्रम, शारीरिक रुपमा अशक्त भएका व्यक्तिको सङ्घसंस्थालगायतलाई रु आठ लाख ५० हजार बराबरको राहत सामग्री वितरण गरिएको हो ।

नेपाल लाइफ इन्सुरेन्स कम्पनीका क्षेत्रीय प्रमुख दीवाकर बरालले कम्पनीको स्थापना दिवसका अवसरमा कर्मचारीलाई वितरण गरिने खाजा खर्चलाई सदुपयोग गरेर वर्तमान अवस्थामा असहाय सङ्घसंस्थालाई केही टेवा पुगोस् भन्ने मनसायले राहत वितरण गरिएको राससलाई बताउनुभयो ।

सातै प्रदेशमा राहत वितरणसँगै काठमाडौँ उपत्यकाको विभिन्न छ सङ्घसंस्थामार्फत आजै राहत सामग्री वितरण गरिएको कर्मचारी युनियनका महासचिव नरेशकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा खगेन्द्र नवजीवन केन्द्र जोरपाटी, जनसेवक बालहित संरक्षण केन्द्र, नेपाल बूढानीलकण्ठ, इपिएसए वुमन स्किल ट्रेनिङ सेन्टर बालाजु, अपाङ्ग सेवा केन्द्र बालाजु, बेबी लाइफ होम (सफलता एचआईभी शिक्षा सदन) कीर्तिपुर र महिला तथा बाल विकास मञ्च नेपाल कीर्तिपुरमा दाल, चामाल, तेल चिउरालगायतको खाद्य सामग्री प्रदान गरेको हो ।