हाल बिश्वब्यापी फैलिएको कोरोना भाईरस ( Covid-19) महामारीको संक्रमणबाट सुरक्षित रहन गरीएको नेपाल सरकारको लामो समयको बन्दाबन्दी (लकडाउन)को कारण आफ्नो रोजगारी गुमाएका मजदुरहरु जो बुढानिलकण्ठ नगर पालिकाको वडा नम्बर ११ मा बसोबास गरी रहेकाहरूलाई बु न पा ११को कार्यलयबाट खानको लागि राहत बितरण गरि रहेको सन्दर्भमा यसै वडामा रहेको हाम्रो सामाजिक संस्था मातृभूमी बाकाचोल सेवा समाज नेपालले पनि आफनो सहभागिता जनाउने क्रममा मिति २०७७/१/१८ गते संस्थाको अध्यक्ष टीकाराम पुरी लगायत् कोषाध्यक्ष हेमकाजी पुरी र सचिव तुलसीराम पुरीको उपस्थितिमा बु न पा ११ का वडा अध्यक्ष श्री राजु अधिकारी ज्यूलाई रू ५१,०००/(अक्षरेपी एकाउन्न हजार रूपैयाँ) हस्तान्तरण गरिएको कुरा सहस्र जानाकारी गराउदछौं ।
हाम्रो संस्थाको बिधानत: तोकिएको कार्यक्षेत्र साबिक बाकाचोल गा.वि.स. बाट काठमाडौमा बसोबास गर्दै आउनुभएका महानुभावहरु लकडाउनमा परि अप्ठ्यारो अवस्थामा रहेको जानाकारी हरु आएको र हामी तथ्यांक संकलनको क्रममा रहेको जानाकारी गराउदैं साविक बाकाचोल गा.वि.स. बाट काठमाडौ आएर बसोबास गरिरहनु भएका कोहि कसैमा कुनै अप्ठ्यारो स्थिती रहेमा हामो संस्थाको फेसबुक मेसेन्जरको इन्बक्समा सुचना दिनहुन तथा संस्थाका पदाधिकारी हरुको निम्नानुसार फोन नं मा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछौं ! संस्थाले आफनो हैसियत अनुसार सहयोग गर्ने प्रयास गर्ने छ।
धन्यबाद!
सम्पर्क नं.
१)टिकाराम पुरी :- 9841442410
२)हेमकाजी पुरी:-9851076487
३)तुलसीराम पुरी :-9851152946
४)बालकुमार सुनुवार:-9803177395
५) कमलकुमारी राई:-9841496294
६)साम्देन शेर्पा :-9851201152
