नेपाली काङ्ग्रेस सोलु–काठमाडौ सम्पर्क समितिद्वारा गरेको राहतस्वरूप केही खाद्यान्न वितरण कार्यले उभोक्ता उखुसी व्यक्त

राजनीति

नेपाली काङ्ग्रेस सोलु–काठमाडौ सम्पर्क समितिद्वारा राहतस्वरूप केही खाद्यान्न वितरण गरेकोमा खाद्यान्न पाउनेहरुले खुसी व्यक्त गरेका छन् । उनीहरु भन्छन् – “गाउघरमै जाँदा पनि आखिर किनेर नै खानुपर्ने हो ! मंसिरमा थन्क्याएको भए पो अहिले जाने बित्तिकै खानपाईन्थ्यो र ! उहाँ पनि हाम्लाई कस्ले पो थुपार्देर राख्देको छ र? गाउ जादापनि पालिकाले गाडीको भाडामात्रै तिरेर हुन्छ र ? बाटोमा भात त खुवाउदैन रे! उहाँ गएपछि पनि भोकै बस्नुभन्दा बरु केहिदिन यस्तै सहयोगले सास अल्झाउने अनि अब लकडाउन खुलेपछि काम गरिन्छ खाईन्छ,यी खाद्यान्न दिनुभो तपाईंहरुलाई धन्यवाद छ“–काकुकी सरिमाया राईको भनाइ । सोलुबाट काठमाडौमा जिविकोपार्जन गर्न आएका र सरकारी उद्दारमा गाउघर फर्कर्दापनि यी दिदी जस्तै समस्या भोग्नुपर्ने काठमाडौमै रहेकाहरुलाई आज पनि नेपाली काङ्ग्रेस सोलु–काठमाडौ सम्पर्क समितिका सभापतिलगायतले राहतस्वरूप केही खाद्यान्न वितरण गरेकोमा मनकारी सबैलाई हार्दिक धन्यवाद छ । अब पनि यस्तो पुण्यकर्मले निरन्तरता पाओस ! वितरणमा छुट्नुभएकाहरुले सम्पर्क गर्नहुन अनुरोध छ ।