काठमाडौं । कलंकी चोकमा सञ्चालित सामुहिक मेसमा समाजसेवी, पर्यावरणवादी एवम् पार्क निर्माणका अभियन्ता पुष्पराज पाण्डेज्यूले विभिन्न खाद्य सामग्री दिएर “सबैका लागि खाना” भन्ने अभियानलाई साथ र सहयोग गर्नु भएको छ ।
देशमा चलिरहेको लकडाउनलाई मध्यनजर गर्दै विभिन्न राजधानीमा मनकारी समाजसेवी व्यक्ति, समूह संघ÷संस्थाहरुले कोही पनि भोकै बस्नु नपरोस् भनेर काठमाडौंको विभिन्न स्थान, चोक, पार्कलगायतका ठाउँहरुमा खाना खुवाउने मेस संचालन गरेका छन् । उहाँको यस महान कार्यले सबैका लागि खाना भन्ने अभियानमा अझ हौसला मिलेको छ । यहाँहरुजस्ता महान् व्यत्तित्वको साथ र सहयोगले अझ धेरै भोका मानिसको पेट भरिने छ, उहाँलाई मुरीमुरी धन्यवाद ।

