‘मदहोस’ प्रियंका

मनोरन्जन

काठमाडौँ । छोटै समयमा आफुलाई ग्ल्यामर क्षेत्रमा स्थापीत गराउन लागि परेकी नायिका हुन् प्रियंका अधिकारी । उनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ्ग ।

आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा होमिएकी प्रियंका म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी छन् । चलचित्र ‘मदहोस’ यतिबेला चितवनको विभिन्न स्थानमा छायाँकन भैरहेको छ जुन चलचित्रमा उनको सशक्त भूमिका रहने छ । ‘मदहोस’लाई निर्देशक एसके अधिकारीले निर्देशन गरिरहेका छन् ।

नृत्यमा अव्बल प्रियंकाले आगामी दिनमा अभिनय र मोडलिङ्ग दुबैलाई एकसाथ अघि बढाउने सोच लिएकी छन् । उनले झण्डै आधादशक नृत्य प्रशिक्षकको रुपमा काम गरिसकेकी छन् । हर्ट नायिकाको रुपमा स्थापित हुन चाहने मोरङ, विराटचौककी प्रियंका अधिकारी यो क्षेत्रमा प्रतिस्पर्धा नहुने कुरै भएन जे भएपनि आफु हिक्मतका साथ संघर्ष गरिरहेको बताउँछिन ।

Facebook Comments Box