सन्तोष खड्का, कामदार दैनिक
राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्त भएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले चार वर्षका लागि रामेछापका ढुंगेललाई नियुक्त गरेको हो ।
ढुंगेल यसअघि वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि ढुंगेललाई सिफारिस गरेको थियो ।
नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुंगेलले आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
सरकारले वि.सं.२०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर गठन गरेको परिषदकोपहिलोकार्यकालमायुवालाईसंगठित,रचनात्मक,चेतना मुलक काम गरिएको बताउदै अब स्वरोजगार र आत्मनिर्भर बनाउने काम गर्ने बताउनु भयो ।
कामदारदैनिक(kamdardainik.com)परिवार नवनियुक्त कार्यकारी उपाध्यक्ष माधब ढुंगेल ज्युलाई हार्दिक बधाई एंव सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ