सन्तोष खड्का, दक्षिण कोरिया
धादिङ झार्लाङ निबाशि उमेर अन्दाज ४५ बर्ष का मैती तामाङ को उपचारको क्रममा मे २५ तारिकका दिन सोमबार बेलुका निधन भएको छ। २०२०अप्रिल २४ मा छनान थाङजिन स्थित कन्ट्रक्सन मा दैनिकि(आराबाइट) काम गर्ने क्रम मा एक तला माथी बाट लडि टाउकोमा गहिरो चोट लाग्नुका साथौ अत्याधिक रक्तस्राव भएको थियो । निज तामाङ लाई तत्काल कार्यस्थल बाट उपचार को लागि थाङ्जिन को स्थानीय अस्पतल मा उपचार को लागि लगिएता पनि त्यहा उपचार असम्भब भएकोले तत्कालै छनान को थानगुक शिक्षण अस्पतालमा आइ सि यु मा राखी उपचार गर्ने क्रममा लगभग एक महिना पछि २०२०. मे २५ तारिक सोमबार बेलुका निधन भएको NRNA कोरियाका सचिव मनोज गौतमले बताउनुभयो।
निज तामाङ लगभग ५ बर्ष अगाडि भिजिट भिसा मा कोरिया आइ कार्यरत हुनुहुन्थ्यो । निज अबैधानिक भएको कारण कुनै स्वस्थ्य बिमा नभएको र निज को उपचार खर्च लगभग नौ करोड वोन (करिब नेपाली ९० लाख रुपैया) को बिल आएको र निज लाई यथासक्दो यो हप्ता सम्म बिल तिरी पर्थिब शरीर को सदगद गर्न सम्बन्धित अस्पताल ले आग्रह गरेको हुुँदा उक्त ठुलो रकम तिर्न नसक्ने भएकालेे निज मैती तामाङ को बहिनी कबिता तामाङ ले कोरिया को विभिन्न संघ सस्था व्यापारी श्रमिक दाजुभाइ लाई सहयोगको लागि हार्दिक अनुरोध गर्नुुभएको छ। मृतकको लागि निम्न खातामा सहयोग गर्न सकिने छ।
कबिता तामाङ
NH bank 농협
AC 356-0963-6059-23 서혜진