लायन शिबजी खड्का
न्युयोर्क,संयुक्त राज्य अमेरिका
“ We serve “ भन्ने मुख्य नाराका साथ Lions clubs International District 20 K1 zone 1G अन्तर्गत रहेका Lions Club हरुले कोरोना भाईरसबाट जनजीवन प्रभावित भए लगत्तै Nepali Lions Network बनाएर समुदायको हितमा काम गर्ने योजना अनुसर Queens Buddha, Queens Nepalese and Queens KTM लगायत अन्य दुइ लायन्स् क्लवहरु मिलेर कोरोना प्रभावितहरुलाई खाध्यान्न वितरण गरेका छन्।
कार्यक्रम ज्याक्सन हाईट, क्वीन्स, न्युयोर्कमा सम्पन्न गरिएको छ। बिशेष गरेर COVID-19 बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको जरूरी भएका परिवारहरूको पहिचान गरि ७५ परिवारहरुलाई खाध्यान्न (चामल, दाल, राजमा, बोडी र चना) वितरण गरिएको थियो।
खाध्यान्न वितरण कार्यक्रमको संयोजन क्वीन्स बुद्धका अध्यक्ष अर्जुन गौडेलले गर्नु भएको थियो। यस कार्यक्रमको लागि Zone Chair Lion Yalin Weng ले आर्थिक सहयोग गर्नु भएको थियो। Zone Chair Lion Yalin Weng ले आफूले गरेको यो योगदान सानो भए पनि उलेख्य मात्रामा महामारीवाट पिडित हुनुपरेका परिवारलाई राहत दिन पाउदा गर्व लागेको र यो कार्यक्रममा क्लवहरूको संयोजनकारी भूमिका राम्रो भएको आफूले पाएको वताउॅंदै आगामी दिनमा पनि नयाँ ढंगवाट समुदायको हितमा काम गर्ने कार्यक्रमहरू बनाउदै जाने प्रतिबद्धता जनाउनु भएको थियो।
कार्यक्रमको अन्तमा खाध्यान्न वितरण कार्यक्रमका संयोजक एंव क्वीन्स बुद्धको अध्यक्ष लायन अर्जुन गौडेलले प्रायोजक र स्वयंसेवक लायनहरू एंव कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।