प्रवासी नेपाली एकता मञ्चद्वारा न्युयोर्क र टेक्सासको डयालासमा रक्तदान कार्यक्रम सम्पन्न

प्रवास समाचार

सन्तोष खड्का 

कामदार दैनिक 

संसारलाइ त्रसित बनाउन सफल कोरोना महामारिको प्रकोप कतै घटदै अनि कतै बढदै गइरहेको अबस्थामा अग्रणी  सँस्था प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डयालासमा एकै दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुइ राज्यमा भएको रक्तदान मध्य न्युयोर्क शहरको उडसाइडस्थित सत्यनारायण मन्दिरमा रगत दिन भनेर उपस्थित १ सय ३७ मध्य ९१ जनालाइ रगत दिन योग्य मानेर वहाँहरुबाट रगत संकलन भएको थियो । न्युयोर्कमा जस्तो धेरैले एकै पटक भेला भएर रक्तदान दिन र संकलन गर्न खुल्ला नभएकोले टेक्सासमा  भने १७ जनाको रगत संकलन सम्पन्न भएको छ । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न होस भनेर दुवै तर्फ कार्यक्रमको संयोजन गर्न केन्द्रिय सदस्यहरुलाइ संयोजक तोकिएको थियो , जसमा न्युयोर्कमा सँस्थाका केन्द्रिय सदस्य तथा सक्रिय समाजसेवी कृष्ण आचार्य अनि टेक्सासमा सँस्थाका केन्द्रिय सदस्य , इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष समाजसेवी सुशील क्षेत्रिले संयोजन गर्नु भएको थियो ।

न्युयोर्कको रक्तदानमा सँस्थाका अध्यक्ष टेक गुरुङ , महासचिव शंकर पन्त समेतको उपस्थिति रहेको थियो भने वहाँहरु सहित सँस्थाका अधिकाँशले रक्तदान समेत गर्नु भएको थियो । टेक्सासमा सँस्थाका वरिष्ठ नेता समाजसेवी भिम कार्की , कोषाध्यक्ष युबराज खनाल सहितले रक्तदान गर्नु भएको थियो । दुवै तर्फको रक्तदान कार्यक्रमलाइ एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम बिक्रम भट्टराईले समन्वय गर्ने काम गरेकोमा न्युयोर्कमा वहाँलाइ प्रमुख अतिथिनै बनाइएको थियो ।

न्युयोर्कको कार्यक्रममा न्युयोर्क राज्यकी राज्यसभा सदस्य क्याटलिना क्रुज स्वयँ सहभागी भएर रक्तदाताहरुलाइ धन्यवाद दिनु भएको थियो भने जनसम्पर्क समितिका सभापती आनन्द विष्ट , एनआरएन अमेरिकाका उपाध्यक्ष बिआर लामा , आदिवासी जनजाती महासंघका अध्यक्ष लोकचेम्जोङ्ग, ब्लड डोनर्स एसोसियसन अमेरिकाका अध्यक्ष अर्जुन मैनाली , शेर्पा केंदुंगका अध्यक्ष उर्गेन शेर्पा, लाइन्स क्लव अफ कुइन्स बुद्धका अध्यक्ष लायन अर्जुन गौंडेल, तामाङ्ग संघ अमेरिकाका अध्यक्ष एवं न्युयोर्कका सामाजिक हस्ती लक्यान लामा , ब्लड डोनोर्स अमेरिकाका हस्ती एवं गैरआवासीय नेपाली संघका अग्रज संजिव श्रेष्ठ , शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा , द गुरुडं ( तमु) सोसाइटीका अध्यक्ष विजय गुरुडं , मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगर ,युनाईटेड किरात राई अरगनाईजेशन अफ अमेरिका अध्यक्ष मुना राई गुरुङ , एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी सहित पत्रकारहरु आङ्गछिरिङ्ग शेर्पा , अकुर लुइँटेल लगायत थुप्रै सामाजीक व्यक्तित्वहरुले रगत दिनुको अलावा रक्तदान कार्यक्रम आयोजनाको निम्ती प्रवासी नेपाली एकता मंच अमेरिकालाइ धन्यवाद दिनु भएको थियो ।

कार्यक्रम सम्पन्न भैसकेपछि प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङ , कार्यक्रम संयोजकहरु कृष्ण आचार्य र सुशील क्षेत्रि सहित सँस्थाका जिम्मेवार पदाधिकारी देखि केन्द्रिय सदस्यहरु समेतले रक्तदाता , स्वयमसेवी देखि सहभागी सबैलाइ आभार प्रकट गर्नु भएको छ । त्यसैगरि १७९ चोटी रक्तदान गर्ने अर्जुन मैनालीले ३३ औं चोटी रक्तदान गर्ने समाजसेवि lions कृष्ण आचार्यलाई world Blood 🩸record awards ले पनि सम्मानित पनि गर्नु भएको थियो ।

Facebook Comments Box