–प्रकृति कडेँल
गु- अन्धकार दु:ख कष्टअज्ञान
गुरू-उज्यालो सुख प्रकाश ज्ञान !!
गुरू प्रकाश गुण गौरव गर
ज्ञानगुण उज्यालो गुरू भर !
आमा पहिलागुरू मान गर
पिता जगत गुरू गान गर !
जीवन श्रेष्ठ हुन्छ गुरू ज्ञानले
आँखाले ज्योति पाउँछ मानले !
बिना गुरू कोहि जान्ने हुँदैन
ज्ञानी जतिभो उति डर हुँदैन !
गुरूको महिमा भनी साध्य छैन
संसारमागुरू नभै केहि हुँदैन !
संसारमा गुरूकति थाहा छैन
संसार गुरू ज्ञान अपरम्पार !
मलाई ज्ञानबुद्धि दिने गुरूहरूमा नमस्कार !
Facebook Comments Box