यस्तो छ चलचित्र छक्का पन्जा ३ को घटस्थापना गीत (हेर्नुहोस भिडियो)

मनोरन्जन

काठमाण्डौ – चलचित्र छक्का पन्जा ३ दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ । चलचित्र छक्का पन्जा ३ यस वर्षको प्रतीक्षित फिल्म हो ।चलचित्र छक्का पन्जा ३ को केही दिन अगाडि ट्रेलर रिलिज भएको थियो । यस चलचित्रको ट्रेलरलाई पनि दर्शकलले निकै मनपराएका छन् । छक्का पन्जा सिरिजमा यस पटक प्रियंका कार्की नभएर दिपिका प्रसाई रहेकी छिन् ।

ट्रेलरले अहिले पनि युट्युबको ट्रेडिङमा आफ्नो स्थान ओगटिरहेको छ।चलचित्रको कलाकारहरूमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाईँ, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, सन्जोग कोइराला, नीर शाह, बसन्त भट्ट, बुद्धि तामाङ आदि कलाकारहरू रहेका छन् ।चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा कलाकारहरू चलचित्रको प्रोमोसनको लागि आफ्नै स्वरमा गीत रेकर्ड गराएका छन्। हेर्नुस् यस्तो छ गीत।

https://youtu.be/35hHRYKUk5c